४ मंसिर २०८३, शुक्रबार

मन्त्रिपरिषद बैठक बस्दै, चुनावको तयारीबारे छलफल हुने

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ पुस । मन्त्रालयका नियमित एजेन्डामा छलफल एवम् निर्णय गर्न मन्त्रिपरिषदको बैठक बस्दैछ ।

बिहान साढे नौँ बजे सिंहदरबारमा बस्ने मन्त्रिपरिषद बैठकमा निर्वाचनको तयारीका विषयमा पनि छलफल हुने स्रोतले जनाएको छ ।

प्रमुख दलहरूबीच स्थानीय तह वा निकायमध्ये एकको निर्वाचन गर्ने विषयमा घनिभूत छलफल चलिरहेका बेला सरकारले सो विषयमा पनि आन्तरिक परामर्श गर्न लागेको हो ।

कांग्रेस, एमाले, माओवादी केन्द्र र मधेसी मोर्चाले निर्वाचनमा जाने इच्छाशक्ति देखाए पनि केही पूर्वसर्त राखेका कारण मिति घोषणामा समस्या पर्दै आएको छ ।

मन्त्रिपरिषद बैठकले केही राजनीतिक नियुक्तिहरू पनि गर्न सक्ने स्रोतको भनाइ छ ।