३ कार्तिक २०८३, मंगलबार

नेपाल बङ्गलादेश बैंकको ३८ औं शाखा रुकुमको खलङ्गामा

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुस । नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा रुकुम जिल्लाको मुसिकोट न.पा. वडा नं. १— खलङ्गामा आफ्नो ३८ औं शाखा संचालनमा ल्याएको छ ।

उक्त शाखाको औपचारिक समुद्घाटन बैंकका संचालक श्री दीपक कार्कीज्यूको सभापतित्व तथा बैंकका नायब महाप्रबन्धक सुरेन्द्र भुषण श्रेष्ठ को उपस्थितिमा बैंकका संचालक माधव प्रसाद न्यौपानेद्वारा गरिएको थियो । साथै कार्यक्रममा प्रमुख अतिथी नेपाली सेना रुकुम गणका सहायक गणपति शैलेन्द्र श्रेष्ठ तथा जिल्ला प्रहरी कार्यालय प्रमुख अङ्गुर जिसीको पनि उपस्थिति थियो ।

कार्यक्रममा मुसिकोट शाखाप्रमुख क्रान्ति कुमार सापकोटाले बैंकका सेवाहरुको बारेमा आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । मुसिकोट शाखा सहित बैंकले ३८ शाखा, २ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बैंकिङ्ग सेवा तथा ३६ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ ।

बैंक को आ.व. २०७३/७४ को पहिलो त्रैमासिक वित्तिय विवरण अनुसार कुल निक्षेप ३९.६० अर्ब, कुल कर्जा ३४.२७ अर्ब रहेको जनाएको छ । साथै सोहि अवधीमा बैंकको खुद नाफा रु.२२.५० करोड रहेको छ ।