४ मंसिर २०८३, शुक्रबार

दुर्गा तिवारीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न केपी ओली रुपन्देही आउने, हजारौंले स्वागत गर्ने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– नरेश केसी

भैरहवा, १३ पुस । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भोलि विहीबार रुपन्देही आउने भएका छन् ।

युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको ११ औं दिनको पुण्य तिथिको अवसरमा आयोजित श्रद्धान्जलि सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली तिवारीको निवासमा आउने भएका हुन् ।

युवा संघ नेपालका संस्थापक अध्यक्ष समेत रहेका ओलीले रुपन्देही अध्यक्ष तिवारीको हत्याले आफूलाई व्यक्तिगत रुपमा र पार्टीलाई ठूलो नोक्सानी भएको जनाउदैं यसअघि हत्यारालाई तत्काल पक्राउ गरी तिवारीलाई शहिद घोषणा गर्न राज्यलाई सार्वजनिक रुपमै दबाब दिइसकेका छन् ।

तराईमा बाक्लो हुस्सु र कुहिरोको कारण प्लेनको उडानमा समस्या आएता पनि अध्यक्ष ओली हेलिकप्टरमार्फत भएपनि देवदह आउने योजनामा रहेको एमाले रुपन्देही अध्यक्ष शिवराज सुवेदीले जनाए । सुवेदीले भने– “श्रदान्जली सभालाई सम्बोधन गर्न अध्यक्ष ओली कामरेड जसरी पनि आउनुहुनेछ । जहाज आयो भने पहिलो फलाइटमा आउनुहुन्छ । यदि जहाजको उडान रद्ध भयो भनेपनि उहां हेलिकप्टरमार्फत पनि आउने पक्का छ ।”

११ औ दिनको श्रद्धान्जलि सभामा एमाले उपमहासचिवद्धय घनश्याम भुसाल र विष्णु पौडेल, पोलिटब्युरो सदस्य छविलाल विश्वकर्मा, युवा संघका केन्द्रिय अध्यक्ष राजिब पहारी, उपाध्यक्षद्धय राजु गुरुंग र दिलु पन्त, महासचिव किरण पौडेल लगायतका नेताहरुको उपस्थिती रहने बुझिएको छ ।

तिवारीको केही दिन अगाडि उनकै निवास नजिकैको बजार खैरेनीमा गोली हानी हत्या गरिएको थियो । राजनीतिमा खरो रुपमा उत्रिरहेका युवा नेता तिवारीको हत्या भएपछि एमाले रुपन्देही र युवा संघ नेपालले चरणबद्ध आन्दोलन समेत गरेको थियो । पछि जिल्ला प्रशासनसंगको आवश्यक सम्झौता गरी कडा संघर्षका आन्दोलन स्थगित गरेको युवा संघ नेपालले हाल पनि शान्तिपूर्ण आन्दोलनलाई भने जारी राखेको छ ।

राष्ट्रिय राजनीतिको शिखरमा रहेका ओलीले सम्बोधन गर्ने श्रद्धान्जलि सभामा लाखौं मानिसको सहभागिता रहने देखिएको छ ।

यसैबीच ओली रुपन्देही आउनेभएपछि जिल्लाको सुरक्षा अवस्थामा थप सजगता अपनाइएको छ ।