काठमाडौं, १३ पुस । के.एल. दुगड् ग्रुप सम्बद्ध कम्पनी स्मार्ट एप्लाएन्सेस्ले देशमा होम एप्लाएन्सेस्को विभिन्न रेन्जका प्रोडक्टहरु प्रस्तुत गर्दै आइरहेको छ ।
द्रुत गतिमा बढिरहेको यस क्षेत्रमा कम्पनीले एक सबल उपस्थिति बनाइसकेको छ । यसै सन्दर्भमा आफ्ना देशभरमा रहेका डिलरहरुलाई सम्मान गर्ने कार्यक्रम अन्तर्गत स्मार्ट एप्लाएन्सेस्ले आफ्नो ओलेड टिभिको र त्यसको लाइन अप ल्याउने घोषणा गरेको छ ।
कम्पनीको लामो समयदेखिको सफलताको खुशीयाली मनाउन स्मार्ट एप्लाएन्सेस्ले देशभरबाट १३० वटा भन्दा डिलरहरु भेला गर्नुका साथै विशेष सम्मान कार्यक्रम मार्पmत सम्मान–पत्र प्रदान पनि गरिएको थियो । साथै, लक्की ड्र मार्फत दुई डिलरलाई कफी मेकर र हिटर पनि उपहार प्रदान गरिएको थियो ।
कार्यक्रममा ५ जना डिलरहरुलाई विभिन्न वर्गहरु अन्तर्गत अवार्ड समेत प्रदान गरिएको थियो । उक्त अवार्डहरु जित्नेमा बेस्ट टेलिभिजन सेल्स् अन्तर्गत शर्मिला इन्टरप्राइजेज्, महाबौद्ध, बेस्ट होम् एप्लाएन्सेस् सेल्स् अन्तर्गत ए–वान सेल्स् एण्ड सर्भिस्, बानेश्वर, बेस्ट ओभरअल सेल्स् अन्तर्गत महालक्ष्मी इलेक्ट्रोनिक्स्, धरान, बेस्ट सेल्स् प्रमोटर अन्तर्गत न्यू डिएम इलेक्ट्रोनिक्स्, भक्तपुर तथा बेस्ट् एक्स्क्लुजिभ आउटलेट अन्तर्गत रिजर्भ मल्टिनेशनल, पोखरा रहेका थिए ।
उक्त कार्यक्रममा कम्पनीले विभिन्न फिचर्स् जस्तै V16.5 स्क्रिन टेक्नोलोजी, होल–लेस् ब्याक प्यानेल टेक्नोलोजी भएको ओलेड टिभि लन्च गरेको थियो । नेपाली बजारमा एउटा नयाँ टेक्नोलोजीको रुपमा आएको ओलेड टिभि ब्याकलाइट नचाहिने टेक्नोलोजीमा चल्छ । हङकङमा निर्मित यी टेलिभिजनहरु ठूलो स्क्रिनहरुमा बढ्दै गएको नेपाली बजारको माग पूरा गर्न डिजाइन गरिएको छ ।
ओलेडको लन्च सँगै कम्पनीले हालै टेलिभिजन लाइनमा पीभिआर तथा DVB-T2 भएको E2000 सिरिज, सुपर IPS तथा DVR भएको E200A, सुपर IPS र अल्ट्रा स्लिम डिजाइनमा E700A सिरिज तथा 4K UHD रेजोल्युसन भएको E5600 सिरिज ।
हालको होम एप्लाएन्सेस् लाइनमा पनि कम्पनीले विभिन्न प्रोडक्टहरु थप ल्याएको छ, जस्तै ः २० लि. (म्यानुअल) र ३० लि. (अटो) माइक्रोवेभ ओभन, १४०० वाटको क्यानिस्टर ब्याग–लेस तथा HEPA २ २२०० वाट भ्याकुम क्लिनर, २.२ लिटर र ३.२ लिटरको क्षमता प्रिमियम राइस कुकर, ९ केजीको डिडि टप लोड वाशिङ्ग मेशिन, ७.५ केजी डिडि वाशिङ्ग मेशिन (ब्राउन र व्हाइट रंगमा उपलब्ध), ९ केजी डिडि वाशिङ्ग मेशिन (ब्राउन, सिल्भर र व्हाइटमा उपलब्ध), लो न्वाइज र हाइ एफिसिएन्सी भएको डेफ्लिन सिरिजको स्पिल्ट युनिट एसी ।
स्मार्ट एप्लाएन्सेस्को प्रतिस्पर्दात्मक क्षमता तथा हङकङको इन्जिनियरिङ्गलाई एकै स्थानमा ल्याई कम्पनीले देशभरका ग्राहकहरुलाई विश्वस्नीय तथा उत्कृष्ट प्रोडक्टहरु उपलब्ध गराउन सफल भएको छ ।

















प्रतिक्रिया