३ कार्तिक २०८३, मंगलबार

रिलायबलको १२० दिने मुद्दतीमा ९ प्रतिशत ब्याज

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुस । रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडले १२० दिने मुद्दतीमा ९ प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्ने नयाँ योजना ल्याएको छ ।

१२० दिन पुरा भए पश्चात साँवा र ब्याज स्वतः बचत खातामा जम्मा हुने र सो बचत खातामा रकम आए पश्चात एससीटि नेटवर्क अन्तर्गतका देशभरि रहेका ११०० भन्दा बढी एटिएमहरुबाट निशुल्क रकम झिक्न सकिने बैंकले जनाएको छ ।

साथै यस बैंकले १ वर्षे मुद्दतीमा ९.२५ प्रतिशत सम्म तथा २ वर्षे मुद्दतीमा ९.५ प्रतिशत सम्म ब्याज प्रदान गर्ने जनाएको छ ।

काठमाडौँको ज्ञानेश्वरमा केन्द्रिय कार्यालय रहेको यस बैंकको १७ शाखाहरु संचालनमा छन् ।