
– युवराज रोइला
खोटाङ, १३ पुस । खोटाङमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन ।
सिम्पानीबाट बेलुका अन्दाजी वजे छुटेको वा १३ च. ३६१७ नम्वरको बुलेरो जीप सिम्पानीबाट रसुवाघाटतर्फ जानेक्रममा लिच्कीराम्चे गाविस वडा नम्वर–८, अम्बकेटारमा सडकबाट करिब ५० मिटर तल जंगलमा खस्दा १५ जना घाइते भएका हुन् ।
घाइते हुनेहरुमा लिच्कीराम्चे–२,का १५ वर्षिय एल्बील राई, लिच्कीराम्चे–३,का १५ वर्षिया गिता कार्की, लिच्कीराम्चे–३,का १५ वर्षिया रनुका कार्की, लिच्कीराम्चे–३,का १६ वर्षिया सर्मिला घिमिरे, लिच्कीराम्चे–२,का १५ वर्षिया सरिता राउत, लिच्कीराम्चे–३,का २० वर्षिय मेजरमान श्रेष्ठ, लिच्कीराम्चे–५,का १५ वर्षिय मुकेश विश्वकर्मा, लिच्कीराम्चे–५,का १७ वर्षिय किशोर विश्वकर्मा, लिच्कीराम्चे–२,का १५ वर्षिय नवरज घिमिरे, लिच्कीराम्चे–३,का १५ वर्षिया रस्मीता कार्की, लिच्कीराम्चे–४,का १५ वर्षिया लक्ष्मी दहाल, लिच्कीराम्चे–३,का १५ वर्षिय भोजराज कार्की, लिच्कीराम्चे–४,का १९ वर्षिय विनोद राया, लिच्कीराम्चे–२,का १५ वर्षिया वर्षा राई र सोही गाविस वडा नम्वर–२, का १५ वर्षिया रमिला कार्की रहेको प्रहरी चौकी सिम्पानीका निमित्त इन्चार्ज प्रहरी हवल्दार रामउद्गार महत्तोले जानकारी दिए ।
बेहोस अवस्थामा उद्धार गरिएका घाइतेमध्ये रेनुका कार्की, मुकेश विश्वकर्मा, किशोर विश्वकर्मा, नवराज घिमिरे, रस्मीता कार्की, लक्ष्मी दहाल र रमिला कार्कीको उदयपुरको गाइघाटमा र भोजराज कार्की, मेजरमान श्रेष्ठ, सरिता राउत, सर्मीला घिमिरे, गिता कार्की र एम्वीन राईको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भैरहेको र अहिले घाइतेहरु होसमा आइसकेको निमित्त इन्चार्ज प्रहरी हवल्दार रामउद्गार महत्तोले जानकारी दिए । वर्षा राई र विनोद रायाको भने स्थानिय स्वास्थ्य चौकी सिम्पानीमा उपचार भैरहेको र जीपका चालक र सहचालकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको प्रकृति हेर्दा बुलेरो जीप अनियन्त्रीत भएर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको प्रहरी चौकी सिम्पानीका निमित्त इन्चार्ज प्रहरी हवल्दार रामउद्गार महत्तोले जानकारी दिए ।












प्रतिक्रिया