४ मंसिर २०८३, शुक्रबार

काँग्रेस-एमाले संघीयता र गणतन्त्र समाप्त पार्ने खेलमा लागेः उपेन्द्र यादव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुुस । संघीय गठबन्धनका संयोजक एवम् संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अहिले गणतन्त्र, संघीयताजस्ता उपलब्धिलाई समाप्त पार्ने खेलमा लागेको आरोप लगाएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा अध्यक्ष यादवले आन्दोलनका उपलब्धिहरुलाई समाप्त पार्ने खेलमा काँग्रेस र एमाले लागेको आरोप लगाए । प्रमुख सत्तारुढ दल काँग्रेसले दोधारे चरित्र देखाउँदा आन्दोलनका उपलब्धिहरु संकटमा पर्न लागेको उनको गुनासो छ ।

‘काँग्रेसले अहिले दोधारे चरित्र देखाएको छ,’ यादवले भने– ‘नेताहरुले संविधान संशोधन गर्नुपर्छ भन्ने अनि जिल्लामा कार्यकर्ता उतारेर संशोधनको विरुद्धमा आन्दोलन मच्चाउने, यो दोधारे चरित्र हो ।’

उनले काँग्रेस र एमालेको भूमिका नै आन्दोलनका उपलब्धिहरु धरापमा पार्ने खालेको रहेको बताउँदै भने– ‘काँग्रेस सभापति शेरबहादुर देउवाले हिजो राजासँग मिलेर काँग्रेस तोडेर बहुदलीय व्यवस्था नै धरापमा पारेको इतिहाँस छ, फेरि त्यही भूमिकामा जाने हो कि भन्ने खतरा छ ।’

उनले प्रमुख दल काँग्रेस, एमाले र नेकपा माओवादी केन्द्रले संविधान संशोधन नगरिकन चुनाव गरे मुलुक द्धन्द्धतर्फ जाने चेतावनी दिए । यादवले भने– ‘काँग्रेस–कम्युनिष्टहरुको बुद्धिपनि विचित्रको छ, अहिलेको संविधानले स्थानीय तहको चुनावको परिकल्पना गरेको छ, तर उनीहरु स्थानीय निकायको चुनाव गर्ने भनिरहेका छन्, अब कुन संविधानलाई समातेर चुनाव गर्ने हुन ? ०४७ कै संविधानलाई समातेर गर्न खोजेको हो भने त अर्कै कुरा ?’

उनले मुलुकको वर्तमान राजनीतिक गत्यावरोध फुकाउने एकमात्रै बाटो भनेको संविधान संशोधन भएको बताउँदै भने, ‘संविधान संशोधन गर्नुको विकल्प छैन, सरकारले संशोधन प्रस्ताव दर्ता गरेको छ, त्यो पनि अपूरो र अधुरो छ, प्रधानमन्त्रीले त यो प्रस्तावलाई परिमार्जन गर्छु भन्नुभएको छ, परिमार्जन भएर तीन वटै निकायको चुनाव गर्ने कुरा गर्नुभएको छ । यही हाम्रो माग हो ।’