काठमाडौं, १३ पुस । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संसद अबरोध गरेर एमालेले ठूलो गल्ती गरिरहेको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै अध्यक्ष महताले भने, ‘संविधान संशोधनको प्रस्तावलाई रोक्न एमालेले सदन अबरोध गरेर मधेसी जनताको भावनासँग खेलवाड गरेको छ । सदन चल्न दिनुपर्छ । सबै कुराको छिनोफानो संसदमा हुनुपर्छ ।’
उनले भने, ‘केपी ओलीजीले संशोधनलाई राष्ट्रघाती भन्नुभएको छ । मधेसीको अधिकारका लागि अबरोध गर्ने एमाले नै राष्ट्रघाती पार्टी हो ।’
उनले एमालेले धेरै दिनसम्म सदनको गतिरोध गर्न नहुने भन्दै सहमतिमा आउन सुझाव दिए । ‘संशोधनका लागि एमाले पनि तयार हुनुपर्छ ।
संशोधन भयो भने मधेसी मोर्चा पनि निर्वाचनमा जान तयार छ’, अध्यक्ष महताले भने, ‘स्थानीय तहको चुनाव गर्ने कि निकायको त्यो छलफलको विषय हो ।’
आक्रामक देखिएका सद्भावनाका अध्यक्ष महताले भने, ‘राष्ट्रघातको नेतृत्व केपी ओलीले गरिरहेका छन् । थारु र मधेसीको अधिकार दिन चाहँदैनन् ।’











प्रतिक्रिया