४ मंसिर २०८३, शुक्रबार

सिंहदरबारमा कांग्रेस, एमाले र माओवादीको बैठक बस्दै, बिबाद मिलाउने प्रयास

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, १३ पुस । नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूबीच संसदको गतिरोध अन्त्य र स्थानीय निकायको चुनावका विषयमा छलफल हुँदैछ ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बिहान ११ बजे प्रमुख तीन दलको बैठक बस्न लागेको हो । स्रोतका अनुसार बैठकमा स्थानी निकायको चुनाव घोषणा गरेर जाने विषयमा छलफल केन्द्रित हुनेछ ।

मधेसी मोर्चासँग परामर्श गरेका कांग्रेस र माओवादी केन्द्रले एमालेसँग पनि सोही विषयमा आज छलफल गर्न लागेका हुन् ।

संविधान संशोधन र स्थानीय निकायको चुनावलाई सँगै अगाडि बढाउन तयार देखिएको कांग्रेसले एमालेलाई पनि सोही विषयमा सहयोग गर्न आग्रह गर्दै आएको छ ।

तर एमालेले संशोधन प्रस्ताव स्थगित वा फिर्ता लिनुपर्ने अडानमा छ । आजको छलफलमा बीचको बाटोबाट कसरी जान सकिन्छ भन्ने विषयमा छलफल हुने बुझिएको छ ।