१ कार्तिक २०८३, आइतबार

चीन र भारतवीच फेरि बढ्यो तिक्तता, रिसायो चीन, सोध्यो कडा प्रश्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेइजिङ, १३ पुस । भारतले सोमबार अग्नि–५ ब्यालिष्टिक मिसाईल परीक्षण गरेको प्रति चीनले चासो व्यक्त गरेको छ । मंगलबार चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता हो चुनिङले यस विषयमा चीनको गम्भिर चासो रहेको बताएकी हुन् ।

भारतले चीन तथा युरोपसम्म लक्ष्य राखी आक्रमण गर्न सक्ने क्षमताको मिसाइल प्रक्षेपण गरेको भोलिपल्टै चिनियाँ विदेश मन्त्रालयले चासो व्यक्त गरेको हो ।

‘चीन सधै दक्षिण एसियामा शान्ति र सम्वृद्धिको पक्षमा रहेको छ, हामी यस क्षेत्रको स्थायित्वका लागि काम गर्न चाहन्छौं’, विदेश मन्त्रालयकी प्रवक्ता चुनिङले प्रश्न गरिन्, ‘हामीले समाचारहरु सुनेका छौं के भारतले चीनको विरुद्धमा मिसाइल परीक्षण गरेको हो ? यस विषयमा भारतसँग मिसाइल परीक्षण गर्नुको उनीहरुको उद्देश्य के हो भन्ने सोध्नुपर्छ ।’

उनले चीन र भारतबीच आपसी विवाद नरहेको समेत प्रष्ट पारिन् । उनले भनिन्, ‘हाम्रो पक्षबाट भन्नुपर्दा चीन र भारत आपसी दुश्मन होइनन्, हामी आर्थिक विकासका उदाउँदो शक्तिका व्यवसायिक साझेदार हौं ।’ चीनले सधैं क्षेत्रीय विकासका लागि भारतसँग सहकार्य गरेर काम गर्न चाहेको उनको भनाइ थियो ।

‘हामी यस क्षेत्रको स्थायी शान्ति, स्थायीत्व र सम्वृद्धिका लागि भारतसँग लामो सम्बन्ध चाहन्छौं’, उनले भनिन्, ‘हाम्रो आशा छ मिडियाहरुले हाम्रो आपसी सम्बन्ध क्षेत्रीय शान्ति र स्थायित्वलाई असर नपु¥याउने गरी संवेदनशील ढंगले रिपोर्ट गर्ने छन् ।’

भारतले मिसाइल प्रक्षेपण गरेसँगै भारतीय सञ्चार माध्यमले चीनलाई माथ दिने गरी मिसाइल प्रक्षेपण गरेको भन्दै समाचार प्रकाशित गरेका थिए । यस विषयमा पत्रकारहरुले प्रश्न गर्दा चिनियाँ विदेश मन्त्रालयका प्रवक्तालाई पत्रकारहरुले यस विषयमा प्रश्न गरेका थिए । यसको जवाफमा प्रवक्ता चुनिङले यस विषयमा सञ्चार माध्यमले सापेक्ष ढंगले समाचार संकलनसमेत गर्नुपर्ने बताइन् । – एजेन्सी