काठमाडौं, १२ पुस । जनवरी १ अर्थात आइतबारका दिन नेपालमा चौथों अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै छ ।
‘हाम्रो शान, हाम्रो पहिचानः नेपाली टोपी अभियान’ भन्ने नारासहित जागरुक युवा अभियान नेपालले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेको हो ।
यस बर्षको कार्यक्रम अन्तर्गत आगामी आइतवार (१ जनवरी) का दिन राजधानीको माइतीघर मण्डलामा विहान ७ बजे भेला भएर प्रभातफेरी कार्यक्रम आयोजना गरिने अध्यक्ष घनश्याम श्रेष्ठले जानकारी दिए । ‘देशभर यी र यस्तै प्रवद्र्धनात्मक कार्यक्रम आयोजना हुनेछन् । प्रवासमा रहनु भएका नेपालीहरुले विविध कार्यक्रम आयोजना गर्दैछन्,’ उनले भने– ‘प्रवद्र्धनात्मक कार्यक्रम अन्तर्गत प्रभातफेरीसँगै नेपाली टोपीमा सजिएर सामाजिक सञ्जालहरुमा आप्mनो फोटो राखेर यो दिवस मनाउनु हुन सम्पूर्ण नेपालीमा अपिल गर्दछौ ।’
जागरुक युवा अभियान नेपालले विगतमा दौरा, सुरुवाल र टोपीलाई नेपाली पोशाकका रुपमा लिने गरिए पनि पछिल्लो समय टोपीलाई नेपाली पोशाकको सूचीबाट हटाइएकोमा आपत्ति समेत जनाएको छ ।
‘टोपीको माथिल्लो भागको चुचुरोले हिमालको प्रतिनिधित्व गर्छ, बीचको भिरालो भागले पहाडको प्रतिनिधित्व गर्छ भने सवैभन्दा मूनिको समथर भागले तराईको प्रतिनिधित्व गर्दछ,’ अध्यक्ष श्रेष्ठले भने– ‘त्यसैले नेपाली टोपीले सबै जाति तथा क्षेत्रको प्रतिनिधित्व गर्छ । तसर्थ नेपाली टोपी नेपाली पहिचानकारुपमा घोषणा गर्न हामी जोडदार माग गर्दछौ ।’













प्रतिक्रिया