२ कार्तिक २०८३, सोमबार

नेपालभाषाका प्रसिद्ध कवि सायमीको निधन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालभाषाका प्रसिद्ध कवि तथा पूर्वसांसद बुद्ध सायमीको ७२ वर्षको उमेरमा आइतबार साँझ निधन भएको छ ।

सिकिस्त बिरामी भएपछि उहाँलाई शनिबार बेलुकी आईसीयूमा राखेर उपचार शुरु गरिएको थियो ।

मधुमेह, मृगौला तथा लिवर रोगको उपचार गराइरहनुभएका कवि सायमी गत सोमबार निवासमै बेहोस हुनुभएपछि उहाँलाई पाटनको अल्का अस्पताल लगिएको थियो ।

वि.सं. २०६४ सालको संविधानसभामा नेपाः पार्टीबाट सभासद् हुनुभएका सायमीको दुई कविता सङ्ग्रहसहित नेपाल भाषाका थुप्रै कृतिहरू प्रकाशित छन् ।

वि.सं. २०२० देखि नै कविता लेख्न शुरु गर्नुभएका सायमीका पत्नीसहित एक छोरा र एक छोरी छन् ।