४ मंसिर २०८३, शुक्रबार

संसदको बैठक आज पनि बस्दै, शोक प्रस्ताव ल्याइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ पुस । एमालेसहितका विपक्षी दलहरूको अवरोधका कारण अबरुद्ध हुँदै आएको संसदको बैठक आजका लागि बोलाइएको छ ।

दिउँसो एक बजे बस्ने आजको बैठकमा भने शोक प्रस्ताव आउने संसद सचिवालय स्रोतको भनाइ छ ।

संविधान संशोधनको विरोधमा अबरोध गर्दै आएका एमालेसहितका दलहरूले संशोधनलाई राष्ट्रघातीभन्दै सदनमा पेश गर्न नदिने चेतावनी दिइसकेका छन् ।

यद्यपि, सत्तारुढ दलहरूले भने जसरी पनि संशोधन प्रस्तावलाई अगाडि बढाउने मुडमा छन् ।

सभामुख ओनसरी घर्तीले सदनको गतिरोध अन्त्यका लागि पहल थाले पनि ठोस निकास भने आउन सकेको छैन ।