नयाँदिल्ली, १२ पुस । भारतले अन्तरमहाद्वीपीय व्लाष्टिक मिसाइल अग्नी–५ को सफल परीक्षण गरेको छ ।
पाँच हजारदेखि ५५ सय किलोमिटरसम्मको दुरीलाई निशाना लगाई विस्फोट गराउन सक्ने उक्त मिसाइलको सोमबार उडिसास्थित अब्दुल कलाम द्वीपमा परीक्षण गरिएको हो । यो मिसाइलले चीन युरोपसहित आधा विश्वलाई निशाना लगाउने सक्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
भारतीय वैज्ञानिकहरुले निमार्ण गरेको अन्तर महाद्वीपीय ब्यालेष्टिक मिसाईल अग्नी–५ को यो चौथो परीक्षण हो । सोमबार परीक्षण गरिएको मिसाइलमा एक टनभन्दा बढी तौलको परमाणु हतियारलाई नष्ट गर्ने क्षमता रहेको दाबी गरिएको छ ।
रक्षा मन्त्रालय स्रोतका अनुसार भारतले शक्तशाली मिसाइलको सफल परीक्षणसँगै स्पेसल फोर्सेस कमाण्ड (एसएफसी)मा समावेस गर्ने बाटो खुलेको छ ।
रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ)को स्रोत अनुसार यो मिसाईलले सतहदेखि सतहसम्म र तीन चरणमा मार हान्न सक्नेछ ।
मिसाइललाई बिहान ११ बजेर पाँच मिनेटमा मोवाइल प्रक्षेपण यानको सहायतमा परीक्षण गरिएको थियो ।
डीआरडीओका अनुसार उक्त मिसाइल यानको लम्बाई १७ मिटर र वजन ५० टन रहेको छ । – एजेन्सी















प्रतिक्रिया