१ कार्तिक २०८३, शनिबार

गोर्खा सैनिकको आमरण अनशन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gorkha-sainik

ललितपुर, २४ भदौ । संयुक्त ब्रिटिस गोर्खा सत्याग्रह सङ्घर्ष बेलायती सैनिकसरह बेलायती गोर्खा सैनिकले समान निवृत्तिभरण, कटौतीमा परेका सैनिकको निवृत्तिभरण तथा क्षतिपूर्ति, परिवारमा उमेर पुगेका छोराछोरीलाई बेलायतमा आवासीय प्रवेशाज्ञा एवम् दुवै देशमा बसोबास गरेका परिवारलाई औषधोपचार निःशुश्क हुनपर्ने माग राखेको छ ।

समितिका संयोजक लालबहादुर घिसिङले मंगलबार आयोजित कार्यक्रममा बेलायतीले पाउने सुविधा तथा अधिकारअनुरुप नै गोर्खा सैनिकले सुविधा पाउनुपर्नेमा जोड दिनुभयो ।

बेलायत र नेपालमा सक्रिय छ गोर्खा सैनिकसम्बन्धी सङ्गठनले विभिन्न पाँच सूत्रीय माग राख्दै ‘गोर्खा सत्याग्रह लन्डन’ नामक संयुक्त आन्दोलन गर्दै आएका छन् ।

गोर्खा सैनिकले उठाउँदै आएको माग बेलायत सरकारबाट सम्बोधन गराउन भूतपूर्व सैनिक ज्ञानराज राई र डा डेभिड ह्याल्लोरेनले आमरण अनशनको सुरुआत गरेको समितिका सञ्चार प्रमुख दीपक मास्केले जानकारी दिनुभयो ।

बेलायतमा यही भदौ २६ गते गोर्खाली सैनिकको महोत्सव पनि हुँदैछ । गोर्खा सैनिकको समस्या समाधानका लागि सांसद ज्याकी डोयेल–प्राइसको संयोजकत्वमा बनेको समितिले यही भदौ २९ गते नेपालमा अध्ययन भ्रमण पनि गर्दैछ । रासस