४ मंसिर २०८३, शुक्रबार

प्रदेश नम्बर दुईको संरचना पनि सच्याउनुपर्छः ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ पुस । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तराई र पहाडका जिल्लालाई अलग बनाउने गरी आफ्नो पार्टीले कहिल्यै प्रस्ताव नगरेको बताउनुभएको छ ।

तराई–मधेसका सांसद तथा बुद्धिजीवीसँग आज पार्टी केन्द्रीय कार्यालय, धूम्रबाराहीमा आयोजित ‘मधेसका समस्या : भ्रम र यथार्थ’ विषयको अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष ओलीले संविधानमा प्रदेश नं २ को संरचनामाथि चाहिँ संशोधनको खाँचो औँल्याउनुभयो ।

सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधनको विधेयकमा विद्यमान प्रदेश नं ५ का जिल्लाको हेरफेरको संरचना विगतमा एमालेको पनि प्रस्ताव भएको भन्ने बहस चलिरहेका बेला अध्यक्ष ओलीले तराई र मधेसलाई अलग गर्ने प्रस्ताव आफूहरुको नभएको जिकिर गर्नुभएको हो ।

दुई नं प्रदेशमा उदयपुर, सिन्धुली, मकवानपुरलगायत पहाडी र भित्री मधेसका जिल्ला समेट्नुपर्ने सुझाव आएको भन्दै उहाँले सत्ता जोगाउन नेपाली काँगेस र नेकपा (माओवादी केन्द्र) ले संविधान संशोधन प्रस्ताव ल्याएको बताउनुभयो ।

एमालेलाई मधेस विरोधी पार्टीका रुपमा प्रचार गर्न खोजिए पनि त्यहाँका जनतामा आफ्नो पार्टी लोकप्रिय र राष्ट्रवादी भएको जिकिर गर्दै पूर्वप्रधानमन्त्री ओलीले उच्च मनोबलका साथ आफ्नो क्षेत्रमा पुग्न मधेसका नेता र सांसदलाई आग्रह गर्नुभयो । रासस