काठमाडौं । दुबईमा सम्पन्न नवौं नेफ्टा विवादको वास्तविक कारण बाहिर आएको छ ।
महासचिव सुरज आचार्यले अवार्डमा मनोमानी भन्दै राजीनामा दिएका बेला नेफ्टा पदाधिकारीहरुले भने यसलाई झुटो आरोप भनेका छन् ।
नेफ्टाका केन्द्रीय सदस्य शालिकराम दुलालले महासचिवले अवार्डमा मनोमानी नभई आफ्ना गल्ती ढाकछोप गर्न राजीनामा दिएको दाबी गरे ।
‘उहाँले अवार्डमा मानोमानी भयो भन्नुभएको छ,’ दुलालले भने- ‘तर, अवार्डमा मनोनयन गर्ने जिम्मा जुरीको हो, कार्यसमितिको होइन् । कुन कुन विधामा कस कसलाई अवार्ड दिने भन्ने जिम्मा जुरीहरुलाई नै दिइएको थियो त्यसमा नेफ्टाले कुनैपनि दबाब र प्रभाव दिइएको छैन् । जून नेफ्टा कार्यसमितिले पपुलर अवार्ड दियो त्यसमा उहाँको पनि सहमति थियो । उहाँकै सहमतिमा प्रदान गरिएको अवार्ड कसरी मनोमानी भयो ? हामीले बुझ्न सकेका छैनौं ।’
संस्थाका गोप्य निर्णयहरु बाहिर ल्याउने, संस्थाको नीतिविपरित काम गर्ने र संगठनले कारवाही गर्ने तयारी थालेपछि उनले राजीनामा दिएर पानीमाथिको ओभानो बन्न खोजेको दुलालको भनाई छ ।
‘मदिरा सेवन गरी संस्थाविरुद्ध होहल्ला गर्दै हिड्ने, विमानभित्रै चुरोट सल्काएर प्रतिबन्धित गतिविधि गर्ने र कारवाहीको कुरा उठेपछि गल्ती ढाकछोप गर्न राजीनामा दिने ?’ उनले प्रश्न गर्दै भने ।
उनले महासचिवको राजीनामा पत्रमा अवार्डमा भएको मनोमानीले संगठनको गरिमामा कालो धब्बा लागेको भन्ने आरोपको खण्डन गर्दै भने- ‘अवार्ड मनोनयका लागि जुरीहरुलाई जिम्मा दिने निर्णयमा सहमति गर्ने पनि उहाँ नै । जुरीको जस्तोसुकै निर्णय पनि मान्ने छौं भन्ने माइन्युटमा हस्ताक्षर गर्ने पनि उहाँ नै । र, त्यही निर्णयमा भएको अवार्ड मनोनयन मनोमानी भयो भन्ने ? संगठनमा कसरी धब्बा लाग्यो ?’
















प्रतिक्रिया