काठमाडौं । हिपहप र रिमिक्सलाई आधार बनाइ रेवती न्यौपाने र सविता न्यौपानेले तयार पारेको ‘पागल हाम्रो उप नाउ’ बोलको गीतको म्युजिक भिडियो तयार भएको छ । हिपहपमा आधारित यो गीतमा पश्चिमा नृत्यलाई आधार बनाइ छायाँकन गरिएको हो ।
काठमाडौंको शंखमुल पुल नजिकै दथुलस्थित डान्स सेन्टरको हलमा कोरियोग्राफर साजन घलेले म्युजिक भिडियोको छायाँकन गरेका हुन् । म्युजिक भिडियोको छायाँकन भने जनकराज अधिकारीले गरेको अभिनेता राजकुमार तामाङले जानकारी दिए । ‘हिपहप र रिमिक्सलाई आधार बनाएर गाइएको गीत हो’, तामाङले भने, ‘अलिक नौलो खालको गीत बनाउने कोशिस गरिएको हो ।’
गीतको शब्द, लय, स्वर रेवती न्यौपाने र सविता न्यौपानेको हो । यसअघि पनि थुप्रै गीतहरूमा स्वर दिइसकेका न्यौपाने जोडीले युवापुस्तालाई ध्यनमा राखेर रिमिक्स गीत ल्याएको अभिनेता तामाङले जानकारी दिए ।
म्युजिक भिडियोका कोरियोग्राफर साजन घलेले भने, ‘गीत अनौठो खालको छ । तर काम गर्न चुनौती भएपनि राम्रो भएको छ ।’ म्युजिक भिडियोमा कलाकारहरूले गरेको कामप्रति घले खुसी नै छन् ।
म्युजिक भिडियोमा श्यामकुमार राई, अश्मिता मगर, समिना अमात्य, उज्जवल शर्मा, अनिश खत्री, विश्व, राज, दीपा, श्वेता खत्री, विश्वनाथ राजवंशी आदिको अभिनय छ ।
म्युजिक भिडियो छायाँकनका क्रममा नीतेश कार्की र रामकुमार कार्कीले लाइटको व्यवस्थापन गरेका थिए ।















प्रतिक्रिया