काठमाडौं, ११ पुस । संसदको गतिरोध अन्त्यका लागि संसद् भवन नयाँबानेश्वरमा बोलाइएको ७ दलीय बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुउपस्थित भएका छन् ।
संविधान संशोधनको प्रस्ताव दर्ता भएसँगै प्रमुख दलहरुबीच देखिएको मतभेद् र तिक्तता अन्त्य गर्न सभामुख ओनसरी घर्तीले बोलाएको ७ दलीय बैठकमा ६ दलका शीर्ष नेताहरु सहभागी छन् ।
तर, एमालेका तर्फबाट अध्यक्ष ओली नै अनुपस्थित भएका हुन् । बैठकमा ओली उपस्थित नहुनुको कारण पार्टी कार्यक्रममा व्यस्त हुनु रहेको छ ।
पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा एमालेले आयोजना गरेको ‘मधेस: भ्रम र यथार्थ’ कार्यक्रममा अध्यक्ष ओलीसहित शीर्ष नेताहरु व्यस्त छन् । विहान ११ बजेदेखि सुरु भएको कार्यक्रम अझै सकिएको छैन् ।

कार्यक्रममा अध्यक्ष ओलीसहित उपाध्यक्ष वामदेव गौतम पनि सहभागी छन् । आफू व्यस्त भएपछि ओलीले बैठकमा संसदीय दलका उपनेता सुवास नेम्वाङको नेतृत्वमा उपाध्यक्ष भीम रावल, प्रमुख सचेतक भानुभक्त ढकाल लगायतका नेताहरुलाई पठाएका छन् ।
संसद भवनमा जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित नेपाली काँग्रेस, नेकपा (माओवादी) केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, तराई–मधेश लोकतान्त्रिक पार्टी, सङ्घीय समाजवादी फोरम नेपाल, र मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का शीर्ष नेताहरु सहभागी छन् ।












प्रतिक्रिया