काठमाडौं, ११ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधनको प्रक्रियालाई स्थगित गरेर चुनावमा जानुपर्छ भनेर आफूले कुनै अभिव्यक्ति नदिएको दाबी गरेका छन् ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पत्रकारहरूसँग कुरागर्दै कांग्रेस नेता पौडेलले देशलाई चुनावमा लैजानु पर्ने बताए । ‘संविधान संशोधनको प्रक्रिया अगाडि बढ्दै गर्छ’, उनले भने, ‘संशोधन प्रक्रिया रोकेर चुनावमा जाने भन्ने कुरा होइन । दुबै प्रक्रिया सँगसँगै अगाडि बढ्छ ।’
संविधान संशोधन प्रक्रिया रोकेर चुनावमा जाने कांग्रेसले प्रक्रिया थालेको भन्ने समाचार आएपछि नेता पौडेलले त्यसको खण्डन गरेका हुन् ।
स्थानीय निकायको चुनाव गर्नुपर्ने बताएका नेता पौडेलले भने, ‘अन्तरिम व्यवस्था अनुसार स्थानीय निकायको चुनाव गर्न सहज छ । स्थानी तहको चुनाव गर्न धेरै समय लाग्छ । अहिले स्थानीय निकायकै चुनाव उपयुक्त छ ।’
उनले मुलुकको विकासका लागि पनि स्थानीय निकायको चुनाव अनिर्वाय रहेको बताए । पौडेलले स्थानीय चुनाव जसरी पनि गर्नुपर्ने उल्लेख गरे ।











प्रतिक्रिया