काठमाडौं, ११ पुस । मुलुकको पछिल्लो राजनीतिक अवस्था, निर्वाचनको तयारी लगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेसका प्रभावशाली नेता र पदाधिकारीहरूको बैठक बसेको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान नौँ बजेदेखि सुरु भएको बैठकमा राजनीतिक गतिरोध अन्त्यका विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।
कांग्रेसले संविधान संशोधनमा देखिएको गतिरोध अन्त्यका लागि सबैले जिम्मेवारी बोध गरेर पहल गर्नुपर्ने जनाउँदै आएको छ ।
संशोधन प्रस्तावलाई लिएर प्रमुख विपक्ष दल एमाले सडक र सदन आन्दोलनमा गएपछिको अवस्थाका विषयमा पनि कांग्रेसमा छलफल हुनेछ ।
बैठकले एमालेलाई सहमतिमा ल्याएर स्थानीय निकायको चुनाव पुरानै संरचनामा गर्ने विषयमा पनि धारणा बनाउन सक्ने बुझिएको छ ।











प्रतिक्रिया