काठमाडौं, १ पुस । संसदको गतिरोध अन्त्यका लागि सभामुख ओनसरी घर्तीले प्रमुख सात दलको बैठक बोलाएकी छिन् ।
अपरान्ह तीन बजेपछि नयाँबानेश्वस्थित अन्तर्राष्ट्रिय सममेलन केन्द्रमा बस्ने बैठकमा संसदको गतिरोध अन्त्यका लागि पहल हुनेछ । प्रमुख विपक्षी एमालेसहितका नौँ राजनीतिक दलहरूले सदन अबरोध गरेपछि संसद बैठक चल्न सकेको छैन ।
एमालेसहितका विपक्षी दलहरू संविधान संशोधनको राष्ट्रघाती प्रस्ताव फिर्ता गर्नुपर्ने माग गर्दै सदन र सडक आन्दोलन गरिरहेका छन् ।
यसअघि पनि सभामुख घर्तीले संसदको गतिरोध अन्त्यका लागि पहल गरेपनि ठोस सहमति हुन भने सकेको थिएन ।











प्रतिक्रिया