२ कार्तिक २०८३, सोमबार

सौगात र श्रीया चुमे रनवे मोडलको उपाधि

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ‘रनवे मोडल २०१६’को उपाधी सौगात शर्मा र श्रीया थापाले जितेका छन् । पुरुषतर्फ कुपन्डोलका २० वर्षीय शर्मा र महिलातर्फ मन्डिखाटारकी २२ वर्षीया थापाले महिलातर्फको उपाधि चुमेका हुन् ।

शर्मा १९ र थापा १४ प्रतिष्प्रर्धीपछि पार्न सफल रहे । दुबै बिजेताले उपाधिका साथमा चलचित्र, म्युजिक भिडियो अभिनय अवसरका साथै बिभिन्न उपहार प्राप्त गरे ।

एकै प्रेक्षालयमा पुरुष तथा महिलालाई उतारिएको प्रतियोगीतामा पुरुष तर्फ सुमन श्रेष्ठ फष्ट रनरअप र मोहन थापा सेकेन्ड रनरअप घोषित हुँदा महिला तर्फ हिरादेबी राई फष्ट रनरअप र पुजा गुप्ता सेकेन्ड रनरअप चुनिए ।

तिनकुनेस्थित रोयल ब्याङ्केटमा बन तथा भु–संरक्षण मन्त्री शंकर भण्डारीको आतिथ्यमा आयोजित प्रतियोगीतामा नायक तथा निर्माता नवल खड्का, करण क्रेजी, हाँस्य कलाकार किसोर भण्डारी, रेस्मा तिमिल्सिना ,मिलाप म्यागजिनका प्रधान सम्पादक कृष्ण भुषालल लगायत सम्मानित भए ।

नायक मनोज आरसी, अन्तराष्ट्रिय मोडल दिपक घिमिरे, मोडल सपना अधिकारी, अभिनेता दिक्पाल कार्की, नेपाल फेसन आइकन बिजेता श्रृजना देवकोटा, अभिनेता निराजन थापा, फेसन डिजाइनर रोजिन श्रेष्ठ लगायत प्रतियोगिताको निर्णायकमा रहेका थिए ।

महिला तथा पुरुषको सौन्दर्य, प्रतिभा निखार्दै नेपाली मोडलिङ जगतमा नयाँ आयाम थप्ने उद्देश्यले ‘रनवे मोडल’ आयोजना गर्दै आएको आयोजक संस्था रनवे नेपालकी अध्यक्ष चाँदनी लामिछानेले बताइन् ।

प्रतियोगीतामा पुरुषतर्फ बेष्ट पफमेन्स निराजन महर्जन, ह्याण्डसम सौगात शर्मा, फेसनिष्ट मोहन थापा, भ्युयुर च्वाई राजन बुढाथोकी, मोष्ट एक्टिभ सुमन श्रेष्ठ,आभाष थिङ, फोटोजेनिक प्रवेश खड्का, मेकओभर बिश्वतामाङ, मल्टिभिडिया राजन बुढाथोकी, र्याम्पवाक शनिल महर्जन, बेष्ट फिजिक राजेश तामाङ, कन्ज्युनेन्टली संजिव श्रेष्ठले हात पार्दा महिला तर्फ बेष्टपफमेन्स पुजा गुप्ता, फेसनिष्ट खुस्बु तामाङ, बेष्ट प्रर्सनालिटी श्रीया थापा, म्यानेजमेन्ट च्वाइस रिस्ता लिब्बु, मोष्ट युनिक सुनिता कार्की, बेष्ट फिगर ज्योती तामाङ, मेकओभर संगिता केसी, मल्टिभिडिया रिस्ता लिब्बु, र्याम्पवाक हिरादेबी राई, बेष्ट क्विन सुस्मिता तुलाधरलगायतले हात पारे ।