१ कार्तिक २०८३, आइतबार

बेलायतकी महारानी स्वास्थ्यका कारण क्रिसमस कार्यक्रममा अुनुपस्थित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सान्ड्रिङ्घाम (बेलायत), ११ पुस । बेलायतकी महारानी क्वीन एजिलावेथ द्वितीयले आइतबार क्रिसमसका अवसरमा चर्चद्वारा दिइने सम्मान ग्रहण गर्न अत्यधिक चिसोका कारण स्वास्थ्यमा सामान्य समस्या देखिएकोले उपस्थित हुन असमर्थ रहनुहुने बेलायती दरबार स्रोतले आइतबार विहान जनाए अनुसार नै सार्वजनिक समारोहमा अनुपस्थित रहनुभयो ।

यद्यपि दरबारका अन्य सदस्य भने कार्यक्रममा उपस्थित हुनभयो ।

बेलायतको चर्चकी सर्वोच्च गभर्नरसमेत रहनु भएकी ९० वर्षीया महारानीले क्रिसमसकै अवसरमा हुने पारिवारिक समारोहमा भने सहभागी हुने दरबारबाट प्राप्त सूचनामा बताइएको छ ।

परम्परागत रुपमा बेलायती राजपरिवारले नरफल्कस्थित सान्ड्रिङ्घाम क्षेत्रमा क्रिसमसमा हजारौँ सर्वसाधारणसँग एकसाथ मनाउने प्रचलन छ । – एएफपी