नयाँ दिल्ली, १० पुस । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उहाँका पाकिस्तानी समकक्षी नवाज सरिफलाई उहाँको ६७ औँ जन्मदिनको अवसरमा हार्दिक सद्भावस्वरुप शुभकामना व्यक्त गर्नुभएको छ ।
आइतबार बिहानै ट्वीटमार्फत “पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफको जन्मदिनका अवसरमा हार्दिक शुभकामना अनि उहाँको दीर्घायू र स्वस्थ जीवनका लागि प्रार्थना गर्दछु,” भन्नुभएको छ ।
पाकिस्तानस्थित लडाकूले भारतमाथि भारतकै शब्दमा आतङ्कवादी हमला गरेपछि सम्बन्धमा अन्यन्तै चिसोपना देखिएका बेला भारतीय प्रधानमन्त्रीले यो सन्देश पठाउनुभएको छ ।
सन् २०१५ मा पनि भारतीय प्रधानमन्त्री मोदीले पूर्व निर्धारित कार्यक्रम विना नै पाकिस्तानी सहर लाहोर पुगी सरिफको आफन्त कहाँ ६६ औँ जन्मदिनको कार्यक्रममा सहभागिता जनाउनुभएको थियो । – सिन्ह्वा
















प्रतिक्रिया