१९ कार्तिक २०८३, बिहिबार

‘हिन्दू राजा’ ज्ञानेन्द्र क्रिसमस पार्टीमा मस्त, पारस पनि के कम!

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । नेपालमा हिन्दू धर्मसँग जोडिन्छ राजतन्त्र । र, धर्मको रक्षकका रुपमा राजालाई लिइन्छ ।

तर, तिनै हिन्दू धर्मका रक्षक भनेका चिनिएका पूर्वराजा ज्ञानेन्द्र शाह भने ईशाइ धर्मावलम्वीको ‘क्रिसमस डे’मा पार्टीमा रमाइरहेको देखिएका छन् ।

क्रिसमस इभको अवसरमा लाजिम्पाटको त्रिसरा रेस्टुरेन्टमा आयोजित पार्टीमा पूर्वराजा ज्ञानेन्द्र शाह र छोरा पारस शाहसँगै देखिएका हुन् ।

जनताले हिन्दू धर्मका संरक्षक भनेर विश्वास गरिरहेका बेला ज्ञानेन्द्रका पार्टीमा मस्त देखिएको तस्बिर सामाजिक सञ्जालमा बाहिरिएपछि आलोचना सुरु भएको छ । र, तस्वीर भाइरल भइरहेको छ ।

टाइ सुटको फर्मल ड्रेसमा ज्ञानेन्द्र र पारसले फ्यानहरुसित फोटोसमेत खिचाएका थिए । त्रिसरामा क्रिसमस इभका अवसरमा द ह्वाइट अफेयर पार्टीका नाममा नाचगान भएको थियो ।