१९ कार्तिक २०८३, बिहिबार

राजनीतिलाई समृद्धिसंग जोड्न एमाले महासचिव पोखरेलको आग्रह

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, १० पुस । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले राजनीतिलाई समृद्धि प्राप्तीको अभियानमा केन्द्रीत गर्न एमालेका नेता कार्यकर्तालाई आग्रह गर्नु भएको छ ।

७ दशक भन्दा बढी अधिकार प्राप्तीको आन्दोलनमा राजनीति वितेको स्मरण गराउदै उहाँले अबको सम्पूर्ण ध्यान आर्थिक समृद्धितर्फ केन्द्रीत गर्न आग्रह गर्नु भएको हो ।

नेकपा एमाले बागलुङको आठौ जिल्ला अधिवेशनको बन्द सत्रलाई आइतवार सम्बोधन गर्दै महासचिव पोखरेलले अधिकारको लडाई सकिएकोले अबको ध्यान आर्थिक समृद्धिमा केन्द्रीत हुनुपर्ने बताउनुभयो ।

एमालेका कार्यकर्ता अब पूर्णकालिन होइन, व्यवसायिक र उत्पादनमुखी हुनुपर्छ, पोखरेलले भन्नुभयो– अब उत्पादनसंग नजोडिने कार्यकर्ता एमालेलाई सफल पार्न सक्ने कार्यकर्ता हुनै सक्दैन ।

आर्थिक समृद्धिको नाममा व्यक्ति धनी हुने प्रवृति बढेको भन्दै उहाँले राज्यको नीति नियमको पालना गरेर, अग्रगामी सामाजिक अवधारणालाई आत्मसाथ गर्नुका साथै पारदर्शी रुपमा काम गर्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

एमालेका कार्यकर्ता परिभाषित काम गर्ने, श्रममा आधारित र राज्यलाई कर तिर्र्ने हुनु पर्नेमा जोड दिदै उहाँले कृषि, पशुपालन, उद्योग तथा सहकारीकरणमा बढी ध्यान केन्द्रीत गर्न आग्रह गर्नु भएको छ ।

राजनीतिक प्रसंग कोट्याउदै उहाँले राष्ट्रियतालाई क्षत विक्षत गर्ने गरी आएको संविधान संशोधनको प्रस्ताव कुनै पनि हालतमा छलफलमै जान नदिने बताउनुभयो ।

कार्यक्रममा एमाले सचिव पृथ्वीसुब्बा गुरुङले देशको ठुलो पार्टी कांग्रेसको अलोकप्रिय कामका कारण पटक पटक निरकुंशता हावी हुदै गएको आरोप लगाउनुभयो । पछिल्लो समय मुलुकको राजनीति एमाले केन्द्रीत भएको दावी गर्दै उहाँले सबैसंग समन्वय गरेर एमालेले नै संकट समाधान गर्ने बताउनुभयो ।

एमाले जिल्ला अधिवेशनले ५९ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।