जाजरकोट, १० पुस । पाँच किलो चरेससहित बाँके नेपालगन्जका इन्द्रमणि गौतमलाई प्रहरीले पक्राउ गरेको छ ।
रिम्ना बजारदेखि नेपालगन्जतर्फ जाने गाडीमा आज बिहान जाँच गर्दा सिमी दालको बोराभित्र लुकाएर राखेको अवस्थामा प्रहरीले उक्त परिमाणको लागुऔषध चरेससहित उनलाई पक्राउ गरेको प्रहरी निरीक्षक हिक्मत बोहराले बताउनुभयो ।
जिल्लाको ग्रामीण भेकमा चरेस तथा गाँजा खेती हुने गरेका छन् । गाउँमै प्रतिकिलो रु २० हजारसम्म चरेसको कारोबार हुने गरेको बताइएको छ । रासस












प्रतिक्रिया