१९ कार्तिक २०८३, बिहिबार

संविधान कार्यान्वयन र संगठन निर्माणमा लाग्नुस् : कांग्रेस नेता सिंह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंह श्रेष्ठले कांग्रेसका कोषाध्यक्षहरूको स्वागतमा चियापान कार्यक्रमको आयोजना गरेका छन् ।

काठमाडौंको ठमेलस्थित निवासमा आइतबार बिहान नेता सिंहले मुलुकभरिबाट जम्मा भएका कोषाध्यक्षहरूको सम्मानमा चियापान कार्यक्रम आयोजना गरेको सहयोगी यूपी लामिछानेले जानकारी दिए ।

‘दुई दिने भेलामा सहभागी हुन मुलुकभरिबाट आएका कोषाध्यक्षहरूको स्वागतमा चियापान कार्यक्रम आयोजना गरिएको हो’, लामिछानेले भने, ‘कोषाध्यक्षहरूलाई संविधान कार्यान्वयन, संगठन सुदृढीकरण लगायतका विषयमा ध्यान दिन निर्देशन दिनुभएको छ ।’

कांग्रेसका कोषाध्यक्षहरूको भेला शुक्रबार र शनिबार दुई दिनसम्म चलेको थियो । भेलामा सहभागी हुन ७५ जिल्लाका कोषाध्यक्षहरू आएको कांग्रेसले जनाएको छ ।

कांग्रेसले पहिलो पटक आफ्ना कोषाध्यक्षहरूको भेला बोलाएर समग्र राजनीतिक विषयमा निर्देशन दिएको हो ।