१ कार्तिक २०८३, आइतबार

बोको हराम प्रभावित क्षेत्र नाइजेरियाली सेनाको अधिनमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अबुजा (नाइजेरिया), १० पुस । नाइजेरियाली सेनाले यहाँको आतङ्कवादी बोको हराम समूहको महत्वपूर्ण आश्रयस्थलमध्येको मुख्य सम्विसा जङ्गल क्षेत्रलाई शनिबार आफ्नो नियन्त्रणमा लिन सफल भएको छ ।

साम्विसा जङ्गल क्षेत्रमा बोको हरामले आफ्नो आश्रयस्थल बनाई मुलुकका विभिन्न ठाउँमा आफ्ना गतिविधि सञ्चालन गर्दै आएको उक्त इलाकालाई सरकारी सेनाले नियन्त्रणमा लिएको नाइजेरियाली राष्ट्रपति मुहम्मद बुहारीले बताउनुभयो ।

राष्ट्रपति बुहारीले उक्त एक हजार ३०० वर्ग किलोमिटर जङ्गली क्षेत्रलाई सरकारी नियन्त्रणमा लिन सेनाले एक महिना पहिलेदेखि कारबाही थालेको बताउनुभयो ।

यो क्षेत्रलाई बोको हरामले निकै सुरक्षित अश्रयस्थलका रुपमा लिँदै आएको थियो । – एएफपी