टोकियो, ९ पुस । जापानको टोकियोमा आज नेपालीहरुले सञ्चालनमा ल्याएको सोलमारी लाईभ म्युजिक हाउसको उद्धघाट्न गरिएको छ ।
शनिबार टोकियोमा विशेष कार्यक्रमको आयोजना गरि उक्त म्युजिक हाउसको उद्धघाट्न गरिएको हो । जापान भ्रमणमा रहेका रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला, एनआरएनए जापानका अध्यक्ष सुदन थापा, एनआरएनए जापानका पूर्व अध्यक्ष एवम् एनआरएनएका आईसीसी सदस्य पारसमणि पोखरेल, एनआरएनएका अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य कपिलदेव थापाले संयुक्त रुपमा उक्त म्युजिक हाउसको उद्धघाट्न गरेका हुन् ।
म्युजिक हाउसको समुद्धघाट्न पछि सम्बोधन गर्दै पत्रकार धमलाले जापानमा बसोबास गर्ने नेपालीहरुले ठूलो प्रगति गरेको भन्दै त्यो सबै नेपालीहरुको लागि गौरवको विषय भएको बताउँदै प्रशंसा गरे ।
उनले भने, ‘हामी सबै नेपालीहरुको लागि गौरवको विषय हो, तपाईहरुले आज यहाँ जापानमा आएर यत्रो प्रगति गर्नुभएको छ, यो हाम्रो देशको लागि पनि खुशीको कुरा हो ।’
उनले जापानमा बसोबास गर्ने नेपालीहरुले हरेक क्षेत्रमा हात हालेर सफलता पाएको देख्दा आफूलाई गर्व लागेको बताए । धमलाले अघि थपे,‘तपाईहरुले यहाँ गरेको प्रगति देखेर आज म निकै खुशी छु, मलाई गर्व लागेको छ ।’ उनले जापानका प्रायः सबै व्यस्त शहरमा नेपालीहरुले रेष्टुरेण्ट लगायत अन्य क्षेत्रमा व्यवसाय गरिरहेको देख्दा आगामी दिनमा यसलाई अझै व्यवस्थित् र सशक्त बनाएर लैजानुपर्नेमा जोड दिए ।
उनले हालै नेपाल–जापान कुटनीतिक सम्बन्धको ६० औं वर्षगाँठ पूरा भएको उल्लेख गर्दै आगामी दिनमा नेपाल र जापानवीचको द्धिपक्षीय सम्बन्ध अझै सुमधुर बनाउन जापानमा बसोबास गर्ने नेपालीहरुले ठूलो भूमिका खेल्नेमा आफू पूर्ण विश्वस्त रहेको बताए ।
उनले जापान नेपालको विकास सहायताको लागि सबैभन्दा बढि सघाउने देश भएकोपनि चर्चा गरे । धमलाले जापानको भ्रमणलाई पनि नेपाल सरकारका उच्च पदस्थ व्यक्तित्वहरुलेपनि प्राथमिकतामा राख्नुपर्ने बताउँदै भने,‘अब नेपालका प्रधानमन्त्रीले जापानको पनि भ्रमण गर्नुपर्छ ।’
उनले नेपाल पर्यटन व्यवसायको ठूलो संभावना भएको मुलुक भएकोले जापानबाट पर्यटकहरु नेपाल भित्र्याउने सके नेपालको विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले अघि थपे,‘जापानबाट वर्षमा एक लाखमात्रै पर्यटकहरु नेपाल जाने हो भने नेपालको विकासमा ठूलो योगदान पुग्थ्यो ।’
त्यस्तै कार्यक्रममा एनआएनए जापानका अध्यक्ष सुदन थापाले नेपालीहरुले जापानमा उल्लेखनीय मात्रामा रेष्टुराँ व्यवसाय सञ्चालन गरेको उल्लेख गर्दै आगामी दिनमा अझै यसलाई विस्तार गर्दै लैजानुपर्नेमा जोड दिए । थापाले भने,‘यो धेरै राम्रो काम हो, हामी सबै नेपाल र नेपालीहरुको लागि गौरवको विषय हो ।’
त्यस्तै कार्यक्रममा एनआरएनए आईसिसि अन्र्तराष्ट्रिय समन्वय परिषदका सदस्य एवम् एनआरएनए जापानका पूर्व अध्यक्ष पारसमणि पोखरेलले पनि जापानमा नेपालीहरुले ठूलो प्रगति गरेको भन्दै प्रशंसा गरेका छन । उनले जापानमा बसोबास गर्ने नेपालीहरुको प्रगति देखेर आफू प्रभावित भएको बताए ।
कार्यक्रममा एनआरएनएका एनआरएनएका अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य कपिलदेव थापाले जापानमा नेपाली युवाहरुले ठूलो प्रगति गरेको भन्दै आगामी दिनमा उनीहरुले नेपालको सामाजिक, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पनि सहयोग पुर्याउनुपर्नेमा जोड दिए ।
उनले भने, ‘अब तपाईहरुले समाजसेवामा पनि हात हाल्नुपर्छ, नेपालको विकासमा टेवा पुर्याउन आफूले सकेको सहयोग गर्नुपर्छ, देशव्यापी रुपमा लाईब्रेरी सञ्चालन गर्नको लागि पनि ध्यान दिनुपर्छ ।’
कार्यक्रममा जनसम्पर्क समिति जापानका अध्यक्ष डिवी कँडेल, प्रवासी मञ्च जापानका अध्यक्ष महेन्द्र श्रेष्ठ, ओम गुरुङ लगायतले बोलेका थिए ।
उक्त म्युजिक हाउस पुष्करजंग थापा, कविर तण्डुकार, प्रल्हाद, पर्शुराम र बाबुराम भण्डारी गरि ५ जनाको संयुक्त लगानीमा सञ्चालनमा आएको हो ।













प्रतिक्रिया