पोखरा, ९ पुस । नेकपा एमालेको भातृ संगठन युबा संघ नेपालका केन्द्रीय अध्यक्ष राजिब पहारिले प्रधानमन्त्री पुस्पकमल दाहाल र गृहमन्त्री बिमलेन्द्र निधिलाई जेल हाल्नुपर्ने जिकिर गरेका छन् ।
शनिबार युबा संघ पोखरा २६ को वडा अधिबेशनको उद्घाटन गर्दै पहारीले प्रधानमन्त्री दाहाल र गृहमन्त्री निधिले भारतको इशारामा संविधान बिपरित संशोधन प्रस्ताब संसदमा दर्ता गरेकोले संबिधान बिपरितका काम गर्ने जो कोहिलाई पनि जेल हाल्नुपर्ने बताए ।
संबिधान बिपरितका काम गम्भीर रास्ट्रघाति अपराध भएको हुँदा कसैलाइ मन नपर्दैमा मनपरी संशोधन स्वीकार्य नहुने भन्दै उनले अंगीकृत नागरिकताधारी कुनै हालतमा पनि राष्ट्रको उच्च ओहदामा पुग्न सक्ने गरि भारतको इशारामा राष्ट्रियतामाथिको यो षड्यन्त्र पर्दाफास भैसकेको भन्दै युबा संघका कार्यकर्तालाई आन्दोलनमा उत्रन आग्रह गरे ।
पहारिले सबै भुगोलका जनताबिचको सहिष्णुता खलबलाउने उद्देश्यले ल्याइएको प्रदेश पुनः सीमांकनको प्रस्ताब कुनै पनि हालतमा बिफल बनाएरै छाड्ने बताए । त्यस्को निम्ति युबा संघ जुनसुकै मूल्य चुकाउन पनि तयार रहेको बताए ।
पहारिले मधेसबाट २,४ सिट मात्रै ल्याएका पार्टीले सच्चा मधेसी जनताको भावना प्रतिनिधित्व गर्न नसक्ने भन्दै एमाले र युबा संघलाई कमजोर पार्न दुर्गा तिवारी जस्ता आफ्ना होनाहार प्रभाबशाली कार्यकर्तालाई छानि छानी षड्यन्त्रपुर्ण तरिकाले हत्या गरिएको बताए ।
तिवारिको हत्यारालाई कडा भन्दा कडा कारबाही नभए देसैभरी आन्दोलनको तुफान सृजना गर्ने चेतावनी दिदै उनले बर्तमान गृहमन्त्री बिमलेन्द्र निधिले नै आपराधिक प्रबृतिका मान्छेहरुसंग साठगाठ गर्ने गरेको आरोप लगाए ।













प्रतिक्रिया