डडेल्धुरा, ९ पुस । अमरगढी नगरपालिका वडा नं. ५ खलङ्गा बस्ने राजेन्द्र प्रसाद नगरकोटीले नागरिकता बनाउनका लागी सिफारिस पत्र मागका लागी पटक पटक अमरगढी नगरपालिका कार्यालय धाउदा समेत श्रीमतिको नागरिकता बनाउनका लागी सिफारिस पत्र नपाएको गुनासो गरेका छन् ।
श्रीमति सुनिता लामा नगरकोटीको नागरिकता बनाउका लागी अमरगढी नरपालिकामा सिफारिस पत्र बनाउका लागी पटक पटक कार्यालयमा धाउदा पनि सिफारीस समेत नहुदा नागरिकतावाट वन्चित भएको दुःखेसो सुनिताले गरिन् ।
२०७० सालमा अमरगढी नगरपालिका कार्यालयमा १४५ नम्बरमा विवाह दर्ता भएको रेकर्ड रहेको छ । हामीबाटै जन्मेको छोरा शुसान्त प्रसाद नगरकोटीको समेत जन्मदर्ता भै सकेको अवस्थामा श्रीमानको नामबाट मैले नागरिकता बनाउका लागी सिफारिस माग्दा नगरपालिकाले दिन आनाकानी किन गरिरहेको छ आफुलाई थाहा नभएको बताईन् । उनले भनिन– “सचिवले आमाको नागरिकता प्रतिलिपी, भाईको नागरिकता प्रतिलिपीमागेको थियो । त्योपनि आफुले पेस गर्दा समेत सिफारिस दिन मानेन ।”
माईतीहरुको पुख्र्याैली घर हुम्ला भएको र आमाको ११४८÷८÷३९ नम्बरको नागरिकता हुम्ला जिल्लाबाट बनेको र पछि कामको शिलसिलामा बझाङ्ग जिल्लाको काडा गाविस ७ मा बसाई सरेको र भाई लवरु तामाङको ५८०४ नम्बरको बझाङ्ग जिल्लाबाट जारी भएको प्रमाण समेत कार्यालयलाई उपलब्ध गराउदा अव पुन विवाह दर्ता गराउनु पर्ने भन्दै नागरिकता बनाउनका लागी सिफारिस दिन आनाकानी गरिरहेको सनुतिाले बताईन् ।
उनले भनिनि – नागरिकता बनाउनका लागी अमरगढी नगरपालिकाले सिफारिस नदिदा होटेलबाट आम्दानी भएको रकम समेत बैकमा राख्न पाएको छैन र विभिन्न सहकारी तथा बचत समुहमा सदस्य हुनकालागी समेत नागरिकता नहुदा बंचित रहेकी छु तर अमरगढी नगरपालीका वडा नं. ५ का सचिवकर्ण वहादुर विष्टले भने आफुहरुले नागरिकता बनाउनका लागी कुनै रोकतोक नगरेको बताएका छन् ।
विवाह दर्ता गराउदा वुवाको नाम फरक उल्लेख गरिएकोले विवाह पुन दर्ता गराई नाम सच्याउनका लागी आफुले सल्लाह दिएको हुँ । सचिव विष्टले भने अमरगढी नगरपालिकामा पुन विवाह दर्ताका लागी निवेदन पेश गर्ने र जिल्ला विकास समितिबाट पुनः विवाह दर्ता गराउने भन्ने परिपत्र भए मात्रै आफुले नागरिकता बनाउनका लागी सिफारिस दिन मिल्ले सचिव विष्टले वताए । कानुनी अर्चनकारण सुनिताले नागरिकतावाट वन्चित हुनुपरेको छ ।













प्रतिक्रिया