२ कार्तिक २०८३, सोमबार

आमिर खानको फिल्म ‘दंगल’मा सलमानको यस्तो प्रतिक्रिया

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । अभिनेता सलमान खानले ‘मिस्टर परफेक्शनिस्ट’ आमिर खानको कुश्ती खेलमा आधारित फिल्म ‘दंगल’को प्रशंसा गरेका छन् ।

‘दंगल’ शुक्रबारदेखि संसारभर प्रदर्शनमा आएको छ । सलमानले यो फिल्मलाई आफ्नो फिल्म ‘सुल्तान’भन्दा पनि राम्रो भनेका छन् ।

अली अब्बास जफरद्धारा निर्देशित सुल्तान यसै वर्षको मध्यतिर प्रदर्शनमा आएको थियो । यसमा सलमानले हरियाणाको पहलवानको भुमिका निभाएका थिए ।

सलमानले आफ्नो ट्वीटरमा शुक्रबार लेखेका छन्– ‘मेरो परिवारले दंगल फिल्म हेरे र उनीहरुलाई लाग्छ कि यो सुल्तानभन्दा निकै राम्रो छ । व्यक्तिगत रुपमा तपाई (आमिर)लाई सम्मान गर्छु । तर, पेशेवर रुपमा म तपाईसँग तफरत गर्छु ।’

लगत्तै आमिर खानले पनि ट्वीटरबाटै सलमानलाई जवाफ दिएका छन् । ‘सलमान खान तपाईको नफरतमा मलाई केवल सम्मान महसुस हुन्छ । म तपाईलाई त्यो तरिकाले सम्मान गर्छु जसरी तपाईसँग तफरत गर्छु ।’

नितेश तिवारीद्धारा निर्देशित दंगल एक सत्य कथामा आधारित फिल्म हो । यसमा एक पिताले आफ्ना छोरीलाई कुश्तीमा प्रशिक्षित गर्ने र सशक्त बनाउने प्रेरणादायक यात्रा छ ।

साथै छोरी पनि छोराभन्दा कम छैनन् भन्ने मुख्य सन्देश यो फिल्मले दिएको छ ।