महेन्द्रनगर ९ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीले पुस १७ गते कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा आमसभा गर्ने भएको छ ।
राप्रपा राप्रपा नेपाल एकता पछि देशब्यापी आमसभा गर्ने क्रममा ७ नम्बर प्रदेशको महेन्द्रनगरमा क्षेत्रीय आमसभा गर्ने भएको हो ।
सभालाई पार्टी अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपति शमशेर राणा, वरिष्ठ नेता पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, डा. प्रकाशचन्द्र लोहनी लगायतका नेताहरूले सम्बोधन गर्ने केन्द्रीय सदस्य तथा प्रचारप्रसार समितिका संयोजक हेमबाबु लेखकले जानकारी दिए ।













प्रतिक्रिया