काठमाडौं, ९ पुस । पुरुष फुटबलमा शुक्रबार विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब र नेपाली सेनाको टिमले जित हात पारेका छन् ।
धरानस्थित एन्फा टेक्निकल सेन्टरमा भएको समूह ‘ख’ को लिग खेलमा सशस्त्रले मध्यपश्चिमललाई ८–० को फराकिलो गोल अन्तरले हरायो भने सेनाले सुदूरपश्चिमाञ्चललाई १–० को झिनो गोलअन्तरले पराजित गरे । जितसँगै एपिएफ र सेनाले समान ३/३ अंक जोडे ।
सशस्त्र र मध्यपश्चिमको पहिलो खेलमा एपिएफका युवराज खड्काले ह्याट्रिकसहित ४ गोल गरे । उनको चारै गोल दोश्रो हाफमा सम्भव भयो । खेलमा पहिलो हाफको १० औं मिनेटमा रञ्जन विष्टले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका थिए ।
दोस्रो गोल मध्यपश्चिमले १२ औं मिनेटमा आत्मघाती गोल खायो । एपिएफका श्याम नेपालीको प्रहारलाई रोक्ने प्रयास गर्दा मध्यपश्चिमका चेतन थारुले आफ्नै पोष्टमा गोल गरे भने १४ औं मिनेटमा श्याम नेपालीले तेस्रो गोल गरे ।
इन्जुरी समयमा राजेन्द्र रावलले गोल गर्दै पहिलो हाफमा एपिएफलाई ४–० को अग्रता दिलाए । दोस्रो हाफको ८ औं, ३४ औं र ४४ औं मिनेटमा गोल गर्दै एपिएफका युवराज खड्काले ह्याट्रिक गरे भने इञ्जुरी समयमा पनि थप एक गोल गर्दै एपिएफलाई ८–० गोलको फराकिलो अन्तरले जित दिलाए ।
दोस्रो खेलमा सेनाले सुदुरपश्चिमलाई १–० ले हराउदा सुमन अर्यालले निर्णायक गोल गरेका थिए । उनले पहिलो हाफको छैटौं मिनेट हेडमार्फत गोल गरे । शनिबार समूह ‘क’ को पहिलो खेल नेपाल पुलिस क्लब र पश्चिमाञ्चल क्षेत्रबीच हुनेछ भने दोस्रो खेल मध्यमाञ्चल र पुर्वाञ्चलबीच हुनेछ ।
महिला फुटबल : पुलिस र एपिएफ फाइनलमा भिड्ने
नेपाल पुलिस क्लब र सशस्त्र प्रशरी बलको एपिएफ क्लब सातौं राष्ट्रिय खेलकुद– २०७३ को महिला फुटबलको फाइनलमा उपाधीको लागि भिड्ने भएका छन् ।
दुहवी रङ्गशालामा बिहिबार भएको प्रतियोगिताको सेमिफाइनलमा पुलिसले मध्यमाञ्चललाई ५–० को ठुलो अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । पुलिसका लागि निरु थापाले खेलको तेश्रो मिनट, २९ र ५१ मिनटमा तथा निर्मला उपाध्यायले १५ र ४३ मिनटमा गोल गरेका थिए ।
यस्तै आजै भएको दोश्रो खेलमा एपिएफ क्लबले नेपाली सेनाको आर्मी क्लबलाई ३–०ले पराजित गर्दै फाइनलमा पुलिसको सामना गर्ने भएको छ । एपिएफका रेखा पौडेलले १८ मिनटमा गोल गर्दै टिमलाई अग्रता दिलाईन् । २७ औं मिनटमा अनिता के.सीे.ले गोल गर्दै गोल संख्या दोब्बर पारिन् । यस्तै दोश्रो हाफको ५५ औं मिनटमा रञ्जना दर्जीले गोल थप्दै जित सुनिश्चित पारिन् ।
पुरुष क्रिकेट : एपिएफ र मध्यमाञ्चल विजयी
पुरुष क्रिकेटमा सशस्त्र प्रहरीको एपिएफ र मध्यमाञ्चलले विजयी सुरुआत गरेका छन् । मोरङको वैजनाथपुरमा भएको पहिलो खेलमा एपिएफले मध्यमपश्चिमाञ्चललाई २६ रनले पराजित ग-यो ।
पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १४५ जोडेको थियो । एपिएफका लागि सन्दीप सुनारले सर्वाधिक ५१ रन बानाएका थिए । त्यस्तै प्रदिप ऐरीले २९ र पारस खड्काले २६ रन बनाउन सफल भए । दुवै नटआउट रहे ।
जवाफी व्याटिङमा उत्रेको मध्यपश्चिमाञ्चालले निर्धारित २० ओभर खेल्दै ६ विकेटको क्षतिमा ११९ रन मात्र बनाउन सक्यो । मध्य पश्चिमाञ्चलका लागि प्रनित थापाले सर्वाधिक ४० रन तथा अनुपम सिंहले २१ रन बनाए पनि अन्य व्याट्सम्यानले दोेहोरो अंक बनाउन सकेनन् । सशस्त्रकाको एपिएफका लागि पारस खड्काले ३ विकेट लिए ।
पुर्वाञ्चल र मध्यमाञ्चलबीचको अर्को खेलमा मध्यमाञ्चल ४ रनले विजयी भएको छ । टस जितेर व्याटिङ गरेको मध्यमाञ्चलले पूरै २० ओभर खेलेर ९ विकेट गुमाइ १ सय २० रन बनाएको थियो । मध्यमाञ्चलका लागि जितेन्द्र सिंह ठकुरीले ३१, असल चौधरीले २७ र रातिक खानले २१ रन योगदान गरे ।
पुर्वाञ्चलका लागि संदीप ढुंगानाले २, पुष्प थापाले २, फिरदोज अन्सारीले २ तथा महबुब आलम, प्रदिप पासवानले १-१ विकेट लिएका थिए । जवाफी व्याटिङमा उत्रिएको पुर्वाञ्चलले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा ११६ रन मात्र बनाउन सक्यो ।
पुर्वाञ्चलका लागि पुष्प थापाले १३, मेहबुब आलमले ८, मिनेष थापाले १७ , राज थापाले १२ र विवेक यादवले १३ रन बनाए । मध्यमाञ्चलका लागि हसिम अन्सारिले ३ विकेट लिए । त्यस्तै रुपेस श्रीवास्तव २ तथा रसिद खान र शुशिल डंगोलले १/१ विकेट लिएका थिए ।
शनिबार त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिमाञ्चल तथा नेपाल प्रहरी र पश्चििमाञ्चलबीच खेल हुनेछ । पाँच विकास क्षेत्र र नेपालीसेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका तिन विभागिय टोलि गरि ८ टिम सहभागी छन् ।
महिला क्रिकेट
महिला क्रिकेटमा एपिएफ र पूर्वाञ्चल विजयी भएका छन । पहिलो खेलमा एपिएफले मध्यपश्चिमाञ्चललाई ६१ रनले पराजित ग-यो । टस जितेर ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा ३ विकेट गुमाई १ सय १५ रन बनाएको छ । जस्मा सरीता मगर र विनु बुढा मगरले ३३ रनको योगदान गरे । मध्यपश्चिमाञ्चलकी अस्मीना कर्माचार्य र राजी पहाडीले १–१ विकेट लिए ।
१ सय १६ रनको विजय लक्ष्य पछ्याएको मध्यपश्चिमाञ्चलले निर्धारित ओभरमा ८ विकेट गुमाई ५४ रनमात्र जोड्न सक्यो । मध्यमाञ्चलका कुनै पनि ब्याटस्वुमनले दोहोरो अंक छुन सकेनन् । एपिएफका सोनु खडकाले ३ विकेट र करुणा भन्डारीले २ विकेट लिएका थिए ।
दोस्रो खेलमा पूर्वाञ्चलले पश्मिाञ्चललाई ५० रनले हरायो । टस जितेर ब्याटिङ गरेको पूवाञ्चलले निर्धारित २० ओभरमा ४ विकेट क्षतिमा १ सय ४ रनको योगफल तयार गरेको थियो । जस्मा रमा थापाले ५७ रन र रश्मिा शर्माले २० रनको योगदान दिए । पश्मिाञ्चलकी वर्षा रानाले २ विकेट लिएकी थिइन् ।
जवाफमा पश्मिाञ्चलले १५ ओभरमा सवै विकेट गुमाई ५४ रनमात्र बनाउन सक्यो । पूर्वाञ्चलकी संगीता राई ३ विकेट र कविता गौतमले २ विकेट लिएका थिए ।
खोखो : आर्मीको दुवै टिमको दोहोरो जित
नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले पुरुष र महिला दुवै टिमलाई सातौं राष्ट्रिय खेलकुद २०७३ अन्तरगतको खोखोमा पहिलो दिन दोहोरो जित हात पारेको छ ।
मोरङ्गको इनरवामा भएको पुरुषको खेलमा आर्मीले पश्चिमाञ्चललाई १९–३ र पूर्वाञ्चललाई १३–५ले पराजित गर्न सफल भयो ।
यस्तै महिला तर्फ पनि आर्मीले दोहोरो जित आत्मसाथ ग¥यो । महिला तर्फको खेलमा पश्चिमाञ्चललाई १२–७ र पूर्वाञ्चललाई ५–२ले पराजित गरेको हो ।
पुरुष तर्फकै अन्य खेलमा सुदूरपश्चिम र मध्यमाञ्चलले पनि दोहोरो जित हात पारेका छन् । सुदूरपश्चिमले पूर्वाञ्चललाई ११–९ र मध्यपश्चिमलाई १३–९ले तथा मध्यमाञ्चलले मध्यपश्चिममाथी २२–१६ र पश्चिमाञ्चलमाथी १५–९को जित निकाल्यो ।
सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन भएको दिन महिला तर्फ मध्यपश्चिमले पनि दोहोरो जित हात पारेको छ । मध्यपश्चिमले मध्यमाञ्चललाई ११–१० र सुदूरपश्चिमलाई १५–१३ले पराजित गर्न सफल भएको हो । अन्य खेलमा सुदूरपश्चिमले पूर्वाञ्चललाई ९–५ले तथा मध्यमाञ्चलले पश्चिमाञ्चललाई १३–१०ले पराजित गर्न सफल भयो ।
पाँच विकास क्षेत्र र एक विभागिय टिम गरि ६ टिमको सहभागिता रहेको प्रतियोगिता राउन्ड रोविनको आधारमा खेलाईनेछ । प्रतियोगितामा उच्च चार स्थान हात पार्ने टिम सेमिफाइनलको लागि योग्य हुने आयोजकले जनाएका छन् । प्रतियोगिताको फाइनल पौष ११ गते हुनेछ ।















प्रतिक्रिया