काठमाडौं, ८ पुस । काठमाडौंको डिल्लीबजारस्थित एसएवि पव्लिक विद्यालयका विद्यायार्थी र शिक्षक शिक्षिका मिलेर क्रिसमस कार्यक्रम मनाएका छन् ।
शुक्रबार विद्यालयका प्रधानाध्यापक मार्क विभर्सको मन्तव्यबाट सुरु गरिएको सो कार्यक्रममा बालबालिकाले बढो हर्सोउल्लासकासाथ आफ्नो नृत्य पनि प्रस्तुत गरेका थिए ।
विद्यालयकै शिक्षक शिक्षिका स्यान्टाक्ल्ज बनेर विद्यार्थीहरुलाई उपहार अनि मिठाइ पनि वितरण गरिएको थियो । कार्यक्रममा ‘वाग्मती’ नामक नेपाली चलचित्रमा अभिनय गरेर सर्वोत्कृष्ट बालकलाकारको उपाधि पाएकी यसै विद्यालयको कक्षा ३ मा अध्ययनरत विद्यार्थी कन्चन सिंह ठकुरीलाई पनि विद्यालयले सम्मान गरेको थियो ।
त्यस्तै, सोही कार्यक्रममा टुहुरा बालबालिकाको सहयोगार्थ ‘सहयोग समाज’ नामक संस्थालाई विद्यार्थीहरूको संलग्नतामा आर्थिक सहयोग सो संस्थाका अध्यक्ष भ्रमण श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो ।












प्रतिक्रिया