२ कार्तिक २०८३, सोमबार

रेखाका पूर्वपति छविराज ओझा र नायिका शिल्पा पोखरेलबीच बिहे हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलबिच बिवाह हुने पक्का भएको छ ।

छविराज नायिका रेखा थापाका पूर्वपति हुन् । रेखासँगको डिभोर्सपछि शिल्पासँग लगनगाँठो कस्न लागेका हुन् ।

विहिबार आफ्नो जन्मदिन मनाइरहेकी शिल्पाले निर्माता ओझासँग आफ्नो बिवाह पक्का भएको बताइन् । उनका अनुसार परिवारको सहमतिमै आगामी बर्षको सुरुवातमै विहे हुनेछ ।

शिल्पाले यसअघि विहे हुने हल्लाको खण्डन गर्दै आएकी थिइन् ।

छविराज प्रोडक्सनबाट निर्माण हुने पछिल्लो फिल्म ‘मंगलम’ बाट निर्मात्री बनेकी शिल्पाले सोही ब्यानरको ‘लज्जा’ बाट नेपाली फिल्म क्षेत्रमा नायिकाको रुपमा डेव्यु गरेकी थिइन् ।