२ कार्तिक २०८३, सोमबार

गायिका मीरा कार्कीको “बहार” नेपाली आधुनिक सांगीतिक आकाशमा उदाउँदै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राजधानीको धर्मस्थली पैय्याटार बस्ने नब गायिका मीरा कार्की र गीतकार तथा प्रोड्यूसर बिष्णु कार्कीको हौसला र प्रेरणाले आफ्नो पहिलो एलबम बहार लिएर नेपाली सांगीतिक आकाशमा आफ्नो भविष्य अगाडि बढाउँदैछिन् ।

संगीतकार प्रकाश गुरुङलाई गुरु बताउँदै बानेश्वरको इन्द्रेनी फुडल्यान्डमा मदन कृष्ण श्रेष्ठको प्रमुख आतिथ्य, बरिष्ठ संगीतकार प्रकाश गुरुङको सभापतित्व र संगीतकार टिका भण्डारी, गायक किरण प्रधान, संगीना बैद्य, गायक जगतमर्दन थापा, कलाकार उतम केसी, पाकिस्तान एम्बेस्सीका काउन्सिलर मुहम्मद अंमिर अबुजार लगायतका अतिथिद्वारा एक भब्य समारोहका बिच गायिका मिरा कार्किलाई सदाबहार बन्ने शुभ आशिर्बाद सहीत उद्घोषक नरेश भट्टराईको साथमा बिमोचन गरिएको थियो ।

अरोमा ट्राभल्स को प्रस्तुती तथा अरोमा ट्राभल्सका प्रबन्धक बिष्णु कार्कीको रचना समेत रहेको आधुनिक गीतकी नबगायिका मीरा कार्कीको कर्णप्रिय स्वर रहेको ‘बहार’ एल्बमका गीतहरु अहिले सर्बत्र चर्चामा रहेको छ । बि.बि अनुरागीको उत्कृष्ट एकल संगीत, श्याम श्वेत रसाइलीको मिक्सिंङ् रहेको ‘बहार’ एल्बममा निर्माता तथा रचनाकार बिष्णु कार्कीको ‘सिर सिर सिर सिर हावासङै’ गायिका मिरा कार्कीको रचना ‘तिमी आयौ यो जिबन मा, हिड्छु म त अघी बढी नेपाली भई गर्ब गरी’, बि बि अनुरागीको रचना ‘सानो एउटा कुराले’ र सुमन श्रापितको रचना रहेको ‘कसम तिम्रै’ भन्ने गीतहरु समाबेश रहेको छ ।

गायिका मीरा कार्कीको स्वर तथा गीतकार बिष्णु कार्कीको आफ्नो प्रेममय पहिलो भेटको भावना एक अर्कामा भेट्ने इच्छा र माया प्रेममा पागल हुने मनको आवाज सदाबहार गायक प्रमोद खरेलको सुमधुर स्वरको साथ, बी बी अनुरागीको मन छूने संगीत, प्रसिद्ध नायक दिलीप रायमाझी र सम्पदा बानियाको जीबंत अभिनय, पेमा लामाको कोरियोग्राफ, रबिन्द्र बरालको निर्देशन, श्यामस्वेत रसाइलीको मिक्सिङ, रचनाकार विष्णु कार्की र गायिका मीरा कार्कीको पहिलो डेट र नब गायिका मीरा कार्की को पहिलो सांगीतिक भेट सिर सिर सिर सिर हावासँगै बोलको गीत नेपालको सुन्दर प्राकृतिक झरना,खोला, बन जंगल को मन मोहक सीन रहेको भिडियो सहित सार्वजनिक भएको छ ।