२ कार्तिक २०८३, सोमबार

नेपाली पर्यटन सम्बन्धी पुस्तक अन्तर्राष्ट्रिय बजारमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा पर्यटनको अथाह सम्भावनाहरु छन् ।

अन्तर्राष्ट्रिय बजारमा यसको समुचित प्रचार-प्रसार हुन नसक्दा नेपाली पर्यटन उद्योग फस्टाउन सकेको छैन र यसबाट नेपालले धेरै फाइदा लिन सकेको छैन ।

यसै सन्दर्भमा पर्यटनविद् डा. हिमलाल घिमिरेले लेख्नु भएको ‘पर्यटनमा अनिश्चितता (अनसर्टिनिटी इन टूरिज़म)’ नामको पुस्तक भर्खरैमात्र जर्मनीबाट प्रकाशित भएको छ ।

विश्वबजारमा राम्रो पहुच भएको ल्यामबर्ट एक्याडेमिक पब्लिसिंगले प्रकाशन गरेको उक्त पुस्तकले नेपालको पर्यटनको बारेमा संसारभर परिचित गराउन सहयोग पुऱ्याउने कुरा डा. घिमिरे बताउनु हुन्छ ।

लुम्बिनी र पर्यटनको बिषयमा बिद्यावारिधि गर्नु भएका र पर्यटन सम्बन्धी १०० औ लेख प्रकाशित गर्नु भएका डा. घिमिरे हाल जापानमा ूबौद्ध पर्यटनः लुम्बिनी र जापानको शिकोकू (८८ बौद्ध मंदिरहरुको परिक्रमा) बिषयमा पोस्टडक्टोरल अध्यन गर्दै हुनु हुन्छ ।

हिजो मात्र डा. घिमिरेले सो अध्ययनको बारेमा नानजन युनिभर्सिटी, नागोयामा प्रिजेन्टेसन दिनु भएको थियो ।