३ कार्तिक २०८३, मंगलबार

एस एण्ड एस गार्मेन्टको तातो-न्यानो कपडा ब्यापार मेला

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ पुस । एस एण्ड एस गार्मेन्ट प्रालिद्धारा उत्पादित कपडाहरुको मेला सुप ९ गते शनिबार कुलेश्वरस्थित गौतमश्री कम्प्लेक्समा हुने भएको छ ।

स्वदेशमै रोजगारीको अबसर सृजना गर्दै नेपालमै उत्पादित गुणस्तरीय कपडाको प्रयोग गराउने मुख्य लक्षका साथ कपडा ब्यापार मेला गर्न लागिएको एस एण्ड एस गार्मेन्टका बजार प्रबन्धक रामेश्वर रिमाल बताए ।

जाडो तथा गर्मीका लागि कपडा उत्पादन गर्दै आएको एस एण्ड एस गार्मेन्टले स्कुल, कलेज, संघ सस्थाहरुका लागि पनि अर्डर अनुसारका कपडा तयार गर्दै आएको छ ।

नेपालमा उत्पादन गरिएको गार्मेन्ट प्रयोग गर्न प्रोत्साहित गर्ने उद्देस्यका साथ सर्वसाधारणलाई मेलामा सहभागि हुन गार्मेन्टले आह्वान गरेको छ ।

एक दिनका लागि बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म बिशेष छुट गरेर कपडाको कारोबार गर्न लागेको यो तेस्रो पटक हो । यसअघि पनि गार्मेन्टले पहिलो र दोस्रो ब्यापार मेला गरिसकेको छ ।