१ कार्तिक २०८३, आइतबार

पोर्चुगलका प्रधानमन्त्रीले भारतको भ्रमण गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली, ६ पुस । पोर्चुगाली प्रधानमन्त्री एन्टोनीयो कोस्टाले आगामी जनवरीमा भारतको भ्रमण गर्न लाग्नुभएको छ ।

उहाँको भ्रंमण द्विपक्षीय सम्बन्ध बढाउने हेतुले हुन लागेको भारत विदेश मामिला मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।

प्रधानमन्त्री एन्टोनियो कोस्टाले आगामी जनवरी ६ बाट १२ सम्म भारतको औपचारिक भ्रमण गर्न लाग्नु भएको छ ।

उहाँ आफ्ना समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा सो भ्रमणमा आउन लाग्नु भएको विदेश मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।

सो भ्रमणको क्रममा कैयौ सम्भाmैतामा हस्ताक्षर हुने अनुमान गरिएको छ । यसबाट दुई देशबीचको सम्बन्ध अझ अघि बढ्नेसमेत अनुमान गरिएको विदेश मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

प्रधानमन्त्री कोस्टा लिस्बोनमा जन्मिनुभएको र उहाँ भारतीय मूलको नै हुनुहन्छ ।

उहाँका बाबु आर्लान्डो दा कोस्टा पश्चिम भारतीय राज्य गोवाबाट पोर्चगल पुग्नु भएको थियो । गोवा पहिले पोर्चगाली कोलोनी थियो । – सिन्ह्वा