१९ कार्तिक २०८३, बिहिबार

विदेशी दलाल र अपराधी लखेट्न अब युथ फोर्स जन्मिन्छः पहारी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा, ६ पुस । युवा संघ नेपालका केन्द्रीय अध्यक्ष राजीव पहारीले विदेशी दलाल र अपराधीहरुको खोजी खोजी युवा संघले कारवाही गर्ने चेतावनी दिएका छन् ।

युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी हत्याको विरोधमा बुटवलमा आयोजित शोकसभालाई सम्बोधन गर्दै पहारीले विखण्डनकारी र राष्ट्रघाति तत्वले युवा संघमाथि हमला गरेर ठूलो गल्ती गरेको भन्दै कडा शब्दमा देशी विदेशी दलाल र अपराधीहरुको खोजी खोजी युवासंघले पत्ता साफ गर्ने घोषणा गरे ।

अध्यक्ष पहारीले रुपन्देही अध्यक्ष तिवारीको हत्या गरेर राष्ट्रियताको आन्दोलनलाई कमजोर बनाउन खोजेको जनाउदैं राष्ट्र र राष्ट्रियताको लागी आफूहरु कसैसंग पनि सम्झौता नगर्ने प्रतिबद्धता गरेका थिए । उनले दुर्गा तिवारीको सपनालाई पुरा गर्न युवा संघ र सिंगो एमाले लागिरहने प्रतिबद्धता जनाए ।