१९ कार्तिक २०८३, बिहिबार

गुल्मी पुगेका गृहमन्त्री र रक्षामन्त्रीलाई कांग्रेस नेताले- प्रस्ताव फिर्ता लिनुस्

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी, ६ पुस । नेपाली कांग्रेस गुल्मीका नेता कार्यकर्ताले पाँच नम्बर प्रदेश टुक्राउने प्रस्ताव फिर्ता लिन सरकासँग माग गरेका छन् ।

कांग्रेसकै एक कार्यक्रमका लागि गुल्मी आइपुगेका गृहमन्त्री विमलेन्द्र निधि र रक्षामन्त्री बालकृष्ण खाँडलाई तत्काल प्रस्ताव फिर्ता लिन स्थानीय नेताहरुले माग गरेका हुन् ।

निधि र खाँड कांग्रेसका प्रभावशाली नेता हुन् । भने, गुल्मीमा कांग्रेसकै सभापतिकै संयुक्त संघर्ष समिति गुल्मीका संयोजक छन् । र, उनकै नेतृत्वमा सरकारविरुद्ध आन्दोलन भइरहेको छ । जसमा सत्तारुढ माओवादीसहित एमाले लगायतका विपक्षी दलहरुले साथ दिएका छन् ।

गुल्मीमा बुधबार आयोजित कार्यक्रमलाई पहिला सम्बोधन गरेका निधिले एमालेको हल्लामा आन्दोलनमा नलाग्न नेता कार्यकर्तालाई आग्रह गरे । त्यसपछि रक्षामन्त्री खाँडले आफू पार्टीको निर्णयबाट पछि नहट्ने र प्रदेश टुक्राउने सरकारको प्रस्ताव जनताकै हितमा रहेको बताए ।

उनीहरु बोल्दा आन्दोलनमा उत्रिएका स्थानीय नेता कार्यकर्ता आक्रोशित भएका थिए । अन्तिममा बोले काँगेस गुल्मीका सभापति एबं संयुक्त संघर्ष समिति गुल्मीका संयोजक भुवन प्रसाद श्रेष्ठ ।

उनले गुल्मेली जनताको भावना विपरित पहाडी जिल्लाको सीमांकन हेरफेर गर्ने आएको प्रस्तावमा असहमति रहेको बताए । र, नियोजित कसैलाई (भारत) चित्त बुझाउन ल्याएको प्रस्ताव फिर्ता लिन आग्रह गरे । ‘प्रस्तावमा जनताको असहमति छ । फिर्ता नै राम्रो हुनेछ । अन्यथा हामीले केही गर्न सक्दैनौं,’ सभापति श्रेष्ठले चेतावनी दिँदै भने ।