१ कार्तिक २०८३, शनिबार

विदेशमा रहेका पारस शाह भन्छन् – यो मन त मेरो नेपाली हो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Parash-shah

काठमाडौं, २४ भदौ। ढाडमा खुकुरी क्रसको टाटु, ‘पोनिटेल’ स्टाइलमा पछाडि बाँधिएको कपाल, गलामा लामो सिक्री अनि चश्मा । पूर्वयुवराज पारस शाहले दुई दिनअघि सेल्फी फोटो खिचेर फेसबुकमा पोस्ट गर्दै भनेका छन् ‘मन त मेरो नेपाली हो ।’

पाँच वर्षदेखि निरन्तर विदेश बस्दै आएका पारस पछिल्लो समय फेसबुकमार्फत खुल्न थालेका दृष्टि साप्ताहिकमा खबर छ । कहिले कार गुदाइरहेको भिडियो राखेर त कहिले गल्फ खेलिरहेको फोटो राखेर उनी फेसबुकमा रमाइरहेका छन् । शनिबार उनले फेसबुकमा लेखेका छन्, ‘समय र छालले कसैलाई पर्खदैन । अहिले मेरो समय छ, अहिले म एक्लै छु तर फेसबुकमा साथीहरुसँग छु ।’

त्यस्तै २ सय किलोमिटर प्रतिघन्टामा कार चलाएको भिडियो राख्दै उनले यति गतिमा कार गुडाउनु सामान्य भएको बताए । ‘सिंगापुरमा हुँदा प्रतिघन्टा ३४० किलोमिटर कुदाउँथे, दुई पटक हृदयघात भएपछि तीव्र गतिमा चलाउन छोडेको हुँ ।’

शनिबार नै उनले लार्बोघिनी हुराकान ब्रान्डको कारअगाडि बसेर फोटो खिचेका थिए । सोही दिन विजयादशमीको शुभकामना दिनेदेखि गल्फ खेलको फोटो राख्दै आफू दैनिक गल्फ खेल्न थालेको बताएका छन् । पछिल्लो समय फेसबुकमा खुल्न थालेका उनी सोमबार श्रीमति हिमानी शाहसँग साथी भएको उनको टाइमलाइनमा देखिन्छ । पारस कोनिका नामकी थाई युवतीसँगै बस्दै आएकोमा पछिल्लो समय उनीसँग पनि सम्बन्ध विगि्रएको स्रोतले बताएको छ ।