काठमाडौँ, ६ पुस । नेपाल बार एसोसिएसनले युवा सङ्घ नेपाल रुपन्देहीका जिल्ला अध्यक्ष दुर्गा तिवारीको सोमबार गोली हानेर हत्या भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै घटनामा संग्लनलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।
बारका महासचिव अधिवक्ता खम्मबहादुर खातीले मंगलबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा सो घटनाको सम्बन्धमा तत्काल अनुसन्धान प्रारम्भ गरी यसमा संलग्नलाई कानुनी दायरमा ल्याउन माग गरिएको छ ।
विज्ञप्तिमा मृतक तिवारीको यसअघि पनि गोली हानी हत्या गर्ने प्रयास भएको तर सो घटनामा प्रहरी प्रशासनद्धारा जाहेरी लिन अस्वीकार गरिएकोप्रति समेत ध्यानकर्षण भएको जनाउँदै नागरिकको जीउधनको सुरक्षा गर्न माग गरिएको छ ।
तिवारीको रुपन्देही देवदह–८ ढेकावार कोलियामा मोटरसाइकलमा आएका अज्ञात व्यक्तिद्धारा गोली हानी सोमबार हत्या भएको थियो ।
आपराधिक घटनाले मानवको बाँच्न पाउने न्यूनतम अधिकारको पूर्ण उल्लङ्घन भएको ठहर गर्दै बारले नागरिकको सुरक्षाको माग सरकारसँग गरेको छ । रासस












प्रतिक्रिया