१९ कार्तिक २०८३, बिहिबार

कुपोषित ३ महिने बालिकाको उद्दार

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– झलक पाली

टी, ६ पुस । डोटीको दुर्गम क्षेत्र मानिने छपाली गाविसकी एक ३ महिने कुपोषित बालिकाको उद्दार गरिएको छ ।

गैर सरकारी संस्था सिड नेपालले सञ्चालन गरिरहेको मातृ शिशु स्वास्थ्य तथा पोषण परियोजनाको सहयोगमा छपाली–५, रोकाया गाउँकी तीन महिले बालिका रमिला रोकायाको उद्दार गरिएको हो ।

बुबा खडकबहादुर रोकाया र आमा भानीदेवी रोकायाको कोखबाट गएको असोज १० गते जन्मिएकी रमिलाले जन्मेदेखि नै आमाको दुध चुस्न नपाउँदा कुपोषित बनेकी हुन् ।

आमाको दुध अहिलेसम्म नआएपछि रमिलालाई भैंसीको दुध खुवाएर ज्यान जोगाईएको रमिलाकी आमा भानीदेवी रोकायाले जानकारी दिइन् ।

जन्मिंदा सामान्य अवस्थामा जन्मिएको भएता पनि भैंसीको दुधका भरमा बाँचीरहेकी रमिलालाई कुपोषण भएको छपाली स्वास्थ्यचौकी ईन्चार्ज सिकेन्द्र मण्डलले बताए ।

आईतबार गाउँबाट जिल्ला सदरमुकाम बोलाई सोमबार मात्रै उनलाई जिल्ला स्वास्थ्य कार्यालय डोटीमा चेकजाँच गराई कुपोषणको सिफारिस सहित मंगलबार सेती अञ्चल अस्पताल धनगढीभित्र रहेको पोषण पुनसर््थापना केन्द्रमा पठाई भर्ना गरिसकिएको सिड नेपालका कर्मचारी प्रेम नेपालीले जानकारी दिए ।

भानीदेवीले रमिलालाई जन्म दिएको तीन महिनासम्म दुधै नआएपछि रमिला कुपोषित बन्नु परेकाले आमा र छोरी दुवैको पोषण पुनसर््थापना भर्ना गराई अवस्था सामान्य भएपछि मात्रै फिर्ता पठाईने बताईएको छ । साथमा भानीदेवीका ५६ वर्षीया ससुरा बलबहादुर रोकायालाई वारिसका रुपमा पठाईएको छ ।

आफू गर्भवती भएको बेला स्वास्थ्य सँस्थामा गर्भवती जाँच गराउन नपाएको १७ वर्षको कलिलो उमेरमै बाल विवाह भएकी रमिलाकी आमा भानीदेवीले बताईन् । यद्यपी सुत्केरी हुँदा भने स्वास्थ्य सँस्थामै गएको बताइन् ।

औपचारिक अनौपचारिक शिक्षाको अनुभव नै नभएकी भानीदेवीले आफु गर्भवती भएको बेला श्रीमानसँगै इण्डियामै बसेको र सुत्केरी हुनुभन्दा केहि समय पहिले मात्रै
नेपाल फर्किएकाले गर्भवती जाँच नगराएको बताईन् ।

यस अगाडी पनि सिड नेपालले करिब ३ वर्ष पहिले छपाली गाविसकै राजुदेवी रोकायाको २ वर्षे छोरा जोग रोकायालाई यसरी नै पुनसर््थापना केन्द्रमा पठाई उद्धार गरेको थियो । अहिले उनको अवस्था सामान्य रहेको स्थानीय बलबहादुर रोकायाले जानकारी दिए ।