१९ कार्तिक २०८३, बिहिबार

राप्रपाको सहायक महामन्त्रीमा सल्यानका युवा नेता प्रधान मनोनित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घोराही, ५ पुस । राप्रपा र राप्रपा नेपाल केन्द्रमा एकता भइ बनेको एकिकृत राप्रपाको सहायक महामन्त्रीमा युवा नेता मनोज प्रधान मनोनित हुनु भएको छ ।

सल्यानवाट राप्रपाको सक्रीय राजनीतिमा होमिनु भएका प्रधान पार्टिको सहायक महामन्त्री पदमा मनोनित हुनु भएको हो ।

पार्टिका कार्यकारी अध्यक्ष कमल थापा र राष्ट्रिय अध्यक्ष पशुपति संसेर राणाले राप्रपा नेपालका केन्द्रिय सदस्य तथा राप्ति अञ्चल इञ्चार्जसमेत रहनु भएका उहालाइ सहायक महामन्त्रीमा मनोनित गर्नु भएको छ ।

राप्रपा नेपालवाट सल्यानको क्षेत्र नम्बर २ वाट दोस्रो संविधान सभामा प्रधान उम्मेद्वारसमेत रहनु भएको थियो ।