१९ कार्तिक २०८३, बिहिबार

मानव अधिकार निगरानी सञ्जाल डोटीको संयोजकमा बोहरा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डोटी, ५ पुस । मानव अधिकार सम्बन्धी आकर्षण हुने घटनाका बारेमा निगरानी गर्ने उद्धेश्यले डोटीमा गठन भएको मानव अधिकार निगरानी सञ्जालको संयोजकमा राधिका बोहरा सर्वसम्मत चयन भएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले डोटी सदरमुकाम सिलगढीमा आयोजना गरेको एक कार्यक्रमबाट गठित सञ्जालको अध्यक्षमा प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्रमा कार्यरत बोहराको संयोजकत्वमा पछि सदस्य संख्या बढाउन सक्ने गरी हाललाई १२ सदस्यिय समिति गठन भएको हो ।

समितिको सदस्यहरुमा झलक पाली, गीता नेपाली, नवराज जोशी, कर्ण चन्द, दीपा श्रेष्ठ, कल्पना ओझा, मिना आउजी, जमुना बोहरा, नरेन्द्र रोकाया, भीष्म बलायर र सदस्य सचिवमा दिर्घ खत्री रहेका छन् ।

समितिको नेतृत्व महिलालाई दिईएको छ भने समितिमा ६ महिला र ६ पुरुष अर्थात बराबर ५०–५० प्रतिशत महिला र पुरुष प्रतिनिधित्व रहेको छ । जसमा २ जना दलित महिला प्रतिनिधि रहेका छन् ।

जिल्लामा यस अगाडी पनि सञ्जाल गठन गरिएको भए पनि उक्त समिति निष्क्रिय भएपछि पुनः गठन गरिएको हो ।

सोहि कार्यक्रममा इन्सेकले डोटीमा सञ्चालन गर्न लागेको ‘जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल’ परियोजना बारेमा पनि जानकारी गराईएको थियो ।

उक्त कार्यक्रम इन्सेक क्षेत्रीय कार्यालय धनगढीका संयोजक खडकराज जोशीको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा इन्सेक केन्द्रिय कार्यालयका अनुगमन तथा सुपरिवेक्षण अधिकृत शुशील चौधरी लगाएत जिल्लामा मानव अधिकारका क्षेत्रमा क्रियाशील सामाजिक संघसँस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।