१९ कार्तिक २०८३, बिहिबार

ममताको उपचारका लागि थप सहयोग जुट्दै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्वर्गिय आमाको सम्झनामा महासंघका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम संयोजक प्रकाशविक्रम शाहलाई सहयोग हस्तान्तरण गर्दे डोटीकी शिक्षिका पूर्णा जोशी ।

काठमाडौं, ५ पुस । स्वर्गीय पत्रकार कर्ण बोहराकी धर्मपत्नी ममता बोहराको उपचारका लागि रकम संकलन हुने क्रम अझै जारी रहेको छ । यसक्रममा थप ९८ हजार एक सय रुपैयाँ सकलन भएको छ ।

नेपाल पत्रकार महासंघमा सुदूरपश्चिम क्षेत्रीय समन्वय समितिले फेसवूकवाट सहयोग अभियान थालेपछि थप ९८ हजार एकसय रुपैयाँ संकलन भएको हो । पछिल्लो पटक यूएई वस्ने सुदूरपश्चिमवासीले रु ५०, हजार पठाएका छन । सुदुरपश्चिम सेवा समाजका अध्यक्ष चेतवहादुर थापा चेतनले विमारीको उपचारमा सहयोग पुगाउन यूएईमा रहेका नेपालीबाट रकम संकलन गरेर पठाएको जनाए ।

समाजका कोषाध्यक्ष भीमवहादुर सिंहले फेरि पनि सक्दो सहयोग संकलन गरेर पठाउने वताए । वोहराको उपचारका लागि कैलाली वहुमुखी क्याम्पसले १५ हजार, नेपाल पत्रकार महासंघ नुवाकोट शाखाले १० हजार, व्यवसायी सुजित शर्माले ६ हजार, स्वर्गिय आमाको सम्झनामा शिक्षिका पूर्णा जोशीले ५ हजार सहयोग गर्नु भएको छ । यसअघि पत्रकार महासंघको सगरमाथा एफएफम शाखाले ५ हजार , डोटी र काठमाडौ घर भएकी चेतना चन्दले ५ हजार, डोटीका गौतम रोकायाले २ हजार , कैलालीका पत्रकार जयराज न्यौपानेले २ हजार, अर्का पत्रकार लिलाराज खत्रीले १ हजार १ सय रुपैयाँ सहयोग प्रदान गरेका छन ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम क्षेत्रीय समन्वय समितिका संयोजक प्रकाशविक्रम शाहले केही दिनमै महासंघ केन्द्रले खोलेको खातामा सो रकम जम्मा गर्ने वताए । महासंघ केन्द्रीय कार्यालयले ममता वोहराको उपचारमा सहयाग जुटाउन कमलादीस्थित नेपाल बंगलादेश बैंक लि मा खाता खोलेको छ । सुदूरपश्चिम क्षेत्रीय समन्यय समितिले यसअघि पनि दुई लाख रुपैयाँ संकलन गरेर सो खातामा जम्मा गरिसकेको छ ।

ममता उपचार अभियानमा अमेरिका, जापान, इजरायल, यूएई देशमा वस्ने नेपाली र नेपालमा पनि विभिन्न स्थानबाट पत्रकार, उघोगी व्यवसायी र सर्वसाधारणले स्वतफूर्तरुपमा सहयोग गरिरहेका छन ।

श्रीमतिको उपचारमा रहेकै वेला मंसिर १० गते पत्रकार वोहराको आकस्मिकरुपमा भेनस अस्पतालमा निधन भएको थियो ।

सुदूरपश्चिम सेवा समाजका यूएईले पठाएको सहयोगको रसिद: